Sorry, that menu does not exist.
 

ताराखोला गाउँपलिकाको आगामी बजेटमा शिक्षालाई प्राथमिकता : यस्ताे छ बजेट बिनियोजन !

पूर्णभद्र निउरे, ताराखोला २०७६ असार १२ । ताराखोला गाउँपलिकाले आगामी आ ब २०७६/७७ का लागि ल्याएको बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ । कुल बेजेट को करिब ७ प्रतिशत बजेट शिक्षा तर्फ बिनियोजित गरिएको गाउँ पालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनु भयो । शिक्षा को बिकास ले मात्र सबै पक्ष को बिकास हुने हुदा गाउँ शिक्षा योजाना निर्माण समितीले पेस गरेको योजना अनुसार कत्ती पनि कन्जुस्याइँ नगरी शिक्षामा बजेट बिनियोजन भएको उनले बताए । बिषयगत शाखा मध्य शिक्षालाई सबैभन्दा बढी रकम बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

गत सोमबार सार्बजनिक गरिएको ताराखोला गाउँपालिकाको बजेटले शिक्षामा प्राबिधिको प्रयोग, बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारीलाई पोषाक भत्ता , बालबिकासका बालबालिकालाई खाजा ब्यबस्थापन, शिक्षक दरबन्दी कम भएका बिद्यालयलाई कार्यबिधिका आधारमा बितरण गर्ने गरि शिक्षण सिकाइ अनुदान लगायतका कुराहरु समाबेश छ्न । प्रस्तुत छ, ताराखोला गाउँपालिकाको शिक्षा तर्फको बजेटको पूर्ण पाठ

१, बिद्यालय हरुमा स्मार्ट टि भि खरिद ( ५ बिद्या लय ) ३,००,०००
२,बालबिकास केन्द्र बाल बालिका लाई खाजा ब्यबस्थापन २,५०,०००
३, बिद्यालय हरु मा ईन्टरनेट तथा mobile application जडान ८,००,०००
४, अभिभावक शिक्षा कार्यक्रम ५,००,०००
५, प्रधानाध्यापक लाई संचार खर्च १,१९,०००
६, तालिम तर्फ
सकारात्मक सोच सम्बन्धि तालिम१,८०,०००
बहुबिषय अध्यापन तालिम १,५०,०००
अतिरिक्त क्रियाकलाप सम्बन्धि तालिम २,३०,०००
७, बिद्यार्थी हरुका लागि होमवर्क डायरी बितरण
३,७०,०००
८, उत्कृष्ट सिकाइ उपलब्धि प्राप्त गर्ने छात्र ,छात्रा र शिक्षक पुरस्कार २०,०००
९, बाल बिकास सहजकर्ता र बिद्यालय कर्मचारी लाई पोशाक भत्ता २,५५,०००
१०, बिद्यालय मा छात्रा बास निर्माण ( ३ बिधालय का लागि) ९,००,०००
११, नमुना बिद्यालय छनोट तथा अनुदान
६,००,०००
१२, बिद्यार्थी प्रतिमा पहिचान कार्यक्रम
१,२०,०००
१३, प्रधानाध्यापक बैंठक र यातायात खर्च
२,००,०००
१४, बिद्यालय अनुगमन १,००,०००
१५, शैक्षिक क्यालेन्डर निर्माण २,००,०००
१६, बाल बगैंचा निर्माण ( ४ वटा) २,००,०००
१७ , बिद्यालय लाइ खेलकुद सामाग्री खरिद का लागि अनुदान ३,१०,०००
१८,बिषयगत शिक्षक हरुको बैठक २०,०००
१९, स्थानीय पाठ्यक्रम को सम्भाब्यता अध्ययन ५०,०००
२०, द्वन्द्व पीडित ,गरिब तथा जेहेन्दार छात्रवृत्ति
४,००,०००
२१, शिक्षा दिवस,बाल दिवस कार्यक्रम ७५,०००
२२, हरि मा बि हिल भवन मर्मत ५,००,०००
२३, औलादी बाल बिकास केन्द्र सहजकर्ता
पारिश्रमिक ७८,०००
२४,शिक्षण सिकाइ अनुदान ( दरबन्दी अभाब भएका बिद्यालय मा कार्यबिधिको आधारमा बितरण हुने) ४०,००,०००
२५, शैक्षिक भ्रमण ४,५०,०००
२६, कक्षा ८ परिक्षा संचालन १,५०,०००
२७, जनप्रेम बाल बिकास छाना मर्मत ५०,०००
२८, भगवती बालबिकास केन्द्र घेराबार १,००,०००
२९,कालिका बाल बिकास केन्द्र १,००,०००
३०,अर्गल प्रा बि घेरा बार २,५०,०००
३१, बराहखोला आ बि घेराबार १,५०,०००
३२दिपज्योती प्रा बि प्लाष्टर रंगरोगन२,००,०००,
३३,काक्राखोर आ बि छाना मर्मत १,५०,०००
३४,जनता प्रा बि कक्षा ब्यबस्थापन १,५०,०००
३५, हरि मा बि घेराबार १,००,०००
३६, बिसौना बाल बिकास फर्निचर घेराबार
१,००,०००
३७, औलादी बाल बिकास शौचालय ,खानेपानी
३,५०,०००
३८,गल्कोट बहुमुखी क्याम्पस अनुदान
३,००,०००

कुल १,३०,२६,८०० शिक्षा तर्फ बिनियोजन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply