बागलुङ (ताराखोला) २०७६ असार १३ । ताराखोला गाउपालिका २ अर्गलको भातखाने डाँडामा आयोजित एकीकृत घुम्ती सेवा शिविर एवं सार्वजनिक सुनुवाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले ताराखोला २ की सुस्तमनस्थितिकी २० वर्षिया गंगाकुमारी क्षेत्रीलाई नेपाली नागरिकताको प्रमाण पत्र तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले वडा नं २ कै २१ वर्षिय भीमबहादुर कामीलाई सुस्तमनस्थितिको प्रमाण पत्र वितरण गरी शिविरको संयुक्तरुपमा शुभारम्भ गरिएको छ ।
सोहि अवसरमा प्रजिअ क्षेत्रीले ताराखोला ५ की ओमप्रकाश पुनकी ६५ वर्षिया श्रीमती हरिमायाँ पुनलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ६५ वर्ष पुग्दा सम्म उनले नागरिकताको प्रमाणपत्र लिएकी थिईनन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा आज शुक्रबार एकीकृत घुम्ती सेवा शिविर एवं सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना स्थल ताराखोला २ भातखाने डाँडामा सेवाग्राहीहरुको घुईँचो लागेको छ ।
शिविरमा निर्वाचन कार्यालय बागलुङले फोटो सहितको मतदाता नामावली संकलन, स्थानीय गाउपालिकाबाट अपांगता परिचयपत्र वितरण, पशु शाखाबाट पशुपंक्षीहरुको उपचार तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट सामुदाय प्रहरी साझेदारी सचेतनामुलक बृत्त चित्र प्रदर्शनी कार्यक्रम भैरहेको जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए । सामुदाय प्रहरी साझेदारीबाट महिला हिँशा, लागु औषध आदि समसामयिक विषयमा चेतनामुलक बृत्तत्रित्र प्रदर्शन भैरहेको छ । दर्शकहरुको भीड लागेको छ ।
शिविर सन्चालनका लागी प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कुष्णहरि शर्मा, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, पशु अस्पतालका प्रमुख नारायण प्रसाद शर्मा, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त,निर्वाचन कार्यालयबाट टेकबहादुर थापा, नासु कृष्ण ढकाल, जग्गुलाल पाण्डे रविन्द्र सापकोटा, सुषमा सिलवाल, अर्जुन ढकाल, कृष्ण थापा, सरस्वती श्रेष्ठ, सामुदाय प्रहरी साझेदारीबाट प्रसनि अनू राई समेतको टोली आजै विहान भातखाने डाँडा पुगेको थियो ।
ताराखोलाको भातखाने डाँडामा एकीकृत घुम्ती सेवा शिविर सुरु, बिहानै देखी सेवाग्राहीको घुँईचो !
२०७६ असार १३, शुक्रबार १०:२३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०