Sorry, that menu does not exist.
 

एसईई परीक्षा : बागलुङ जिल्लामा न्यू मोर्डन एकेडेमी, बुर्तिवाङका हरि अर्याल ४ जिपिए ल्याएर उत्कृष्ठ बन्न सफल !

राम सुवेदी, बागलुङ, २०७६ असार १३ । यस बर्षको एसईई परीक्षा बिहिवार सार्वजनिक भएको छ । यस बर्षको एसईई परीक्षामा बागलुङबाट न्यू मोर्डन एकेडेमी बुर्तिवाङका हरि अर्यालले ४ जिपिए ल्याएर उत्कृष्ठ बन्न सफल भएका छन् ।

ढोरपाटन नगरपालिका वडा नं.२ बस्ने अर्याल मध्यम परिवारका हुन् । कक्षा नर्सरी देखिनै बुर्तिवाङ स्थित, न्यु मोर्डन एकेडेमीमा अध्ययनरत विद्यार्थी थिए । १६ वर्षिय अर्याल, २०७५ एसईई परीक्षामा बागलुङ जिल्लाबाट ४ जिपिए ल्याएर एकल उत्कृष्टता हासिल गरेका छन् । सानै देखि मेहेनती र तृक्ष्ण वुद्धिका अर्याल अनुशासित र मेधावी विद्यार्थी रहेको एकेडेमीका प्रिन्सिपल दिपक कुवरले बताए ।

न्यू मोर्डन एकेडेमी, बुर्तिवाङका प्रिन्सिपल दिपक कुवर
प्रिन्सिपल कु“वरका अनुसार अर्याल बिद्यालय तहमै निकै प्रतिभाशाली बिद्यार्थीमा गनिएका थिए । उनको प्रतिभा देखेर पहिला देखिनै धेरैले उत्कृष्ठ हुने अपेक्षा गरिएको प्रिन्सिपल कुवँरले बताउनुभयो । बिहिवार ढीला गरी परीक्षाफल हेर्दा अर्यालको ४ जिपिए देखिएको उनको भनाई थियो । अर्यालका बाबु बोमलाल अहिले बैदेशिक रोजगारीमा हुनुहुन्छ, भने आमा घरमै बसेर कृषि पेशा गरिरहेका छन। अर्यालले डाक्टर बन्ने सपना बोकेकोले र पहिलो चरणमा बिज्ञान संकाय पढ्ने बताएका छन् ।

उता निजी बिद्यालय तर्फ सदरमुकामकै न्यु ओएसिस माबिकी मञ्जुश्री सापकोटाले पनि ३ दशमलब ९ जिपिए ल्याएको प्रअ नेत्र न्यौपानेले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply