मित्र खरेल, गल्कोट २०७६ असार १३ । हिँजो साँझ ७ बजेको समयमा गएको लेदो सहितको पहिरोल पुरिएर अवरुद्ध बनेको मध्यपहडी लोकमार्ग केहि समय अघी ४ बजे सन्चालनमा आएको गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले जानकारी दिएका छन् । लोकमार्गको केहि भागमा पहिरो पन्छाउने कार्य जारी रहेको वडाध्यक्ष थापाले बताए । सवारी साधनहरु गन्तव्य तिर प्रस्थान गरेका छन् भने २१ घण्टा देखी सास्ती खेपिरहेका सयौँ यात्रुहरु गन्तव्य तिर गएका छन् । लोकमार्ग अवरुद्ध हुँदा काठमाडौ, बुटवल, बागलुङ, गल्कोटबाट बुर्तिवाङ र निसीभूजीबाट पूर्वी भागमा चल्ने सयौँ सवारी साधनहरु बाँसखोलामा २१ घण्टा देखी अलपत्र परेका थिए ।
मध्यपहाडी लोकमार्गबाट शाखा सडक विस्तार गर्दा दुईठाउँबाट लेदो सहितको पहिरो खसेर मध्यपहाडी लोकमार्ग करीब २० घण्टा देखी अवरुद्ध हुँदा यात्रुहरुलाई निकै कष्ट भएको उनिहरुले बताएका छन् ।
एकातिर लेदो मिश्रित पहिरोले सडक पुरिएर सवारी साधनहरुको आवागमन ठप्प भएको छ भने अर्कोतिर सो लेदो सहितको पहिरोले स्थानीयको सयौँ मुरी धानबाली ध्वस्त पारेकोले त्यस्को क्षृतीपूर्ति मागगर्दै लोकमार्ग अवरुद्ध गरेको स्थानीयले जानकारी दिए ।
वडाध्यक्ष थापाका अनुसार विहानको खाना पनि नखाई डोजर लगाएर अवरुद्ध लोकमार्ग खुलाउने काम भएको छ । अब एक घण्टा भित्रमा सवारी सन्चालनमा आउने उनले ईबागलुङलाई जानकारी दिए ।
गल्कोट नगरपालिका ७ सिरबारे जाने शाखा सडकबाट तल झरेको माटो हिँजो दिउँसो परेको वर्षाले बगाएर लोकमार्गमा झारेपछी सडक अवरुद्ध भएको हो । अम्रिसे खोला देखी तल झोतुंगे फाँटमा स्थानीय किसानहरुको धानबाली समेत पहिरोले पुरेपछी किसानहरु आक्रोशित बनेका छन् । पहिरो सफा गर्दा लाग्ने खच सम्वन्धमा पनि गल्कोट नगरपालिकामा छलफल हुने बताईएको छ । सो पहिरोले करीब २ सय मुरी धानबाली पुरिएर बगर बनेको छ ।