पूर्णभद्र न्यूरे, ताराखोला २०७६ असार १३ । ताराखोला गाउपालिकाको भात्खाने डाँडामा सन्चालित एकदिने घुम्ती सेवा शिविर एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा सम्पन्न शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र १२८ महिला तथा ५३ जना पुरुष गरी जम्मा १८१ जनाले प्राप्त गरेका छन भने यत्तिकै संख्यामा फोटोसहितको मतदाता नामावली खिचेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
यसै गरी शिविरमा पशु कार्यालयबाट ७१ परिवारका १०९९ पशुपंक्षीको उपचार र औषधि वितरण गरिएको थियो भने गाउँपालिकाबाट १६ जना अपांगता भएकाहरुलाई अपांगता परिचय पत्र वितरण गरिएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बागलुङबाट सामुदायिक प्रहरी सचेतना कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रममा १ सय ११ जना भन्दा बढीको सहभागिता रहेको थियो ।