कमल पौडेल, बडीगाड २०७६ असार १४ । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ – वुर्तिवाङ सडकखण्डमा पर्ने बडीगाड गाउँपालिका वडा नं. २ राक्सेमा माथिवाट आएको पहिरो तथा छेउमा पर्खाल भत्किँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । गएराति परेको मुसलधारे पानी र त्यसबाट अवरुद्ध सडक बडीगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो । राक्से क्षेत्रका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याएपछि ८ घण्टा अवरुद्ध सडक खुलेको हो । पहिरोले स्थानिय अम्मर बहादुर वि.क.को घर भत्काएको छ । वातावरणीय प्रभाव मुल्यांकन विनै खनिएका ग्रामिण सडक भेलले बगाउँदा मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको हा े। अवरुद्ध सडक खुलाउन डोजर सहित पुगेका बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा सहितको टोलीलाई केहिवेर स्थानियले अवरोध गरेका थिए । साना खोल्साहरुमा मध्यपहाडी लोकमार्ग निर्माण गर्दा हुन सक्ने जोखिमलाई ख्याल नगरी ह्युमपाइप राखिएको र विपत्ति आएको स्थानियले आरोप लगाएका छन्। उनिहरुले सो स्थानमा पक्की पुल वनाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै सोहि भेल सहितको पहिरोले स्थानियले उपयोग गर्दै आएको खानेपानी तथा सिँचाइ नहर बगाएको छ । नहर बगाउँदा झण्डै ५ सय मुरी धान फल्ने खेतमा समस्या भएको छ । धान रोप्ने दिन नजिकिएको बेला नहर वगाएपछि समस्यामा परेको स्थानिय प्रेमलाल अर्यालले बताए ।
खानेपानीको ट्यांकी बगाएपछि राख्से, वडहरे लगाएतका क्षेत्रमा खानेपानी समस्या भएको छ। त्यस्तै क्षेत्रे, खर्वाङ, रिघाफेँदी लगाएतका स्थानमा माथिवाट आएको पहिरोले सडकमा क्षती पुर्याएको छ।
सडक खुले संगै रातिबाट थुनिएका काठमाडौंबाट आएका रात्रि वस लगाएत दर्जनौ सवारी साधन गन्तव्यमा लागेका छन् ।
स्मरणीय छ, अस्ति बिहीबार साँझ ७ बजे तिर गल्कोट नगरपालिका बाँसखोलामा लोकमार्ग संग जोडिएका शाखा सडकहरुबाट बगेको लेदो सहितको पहिरोले २१ घण्टा सम्म अवरुद्ध भएर हिँजो शुक्रबार ४ बजे मात्र सन्चालनमा आएको थियो । सो पहिरोले सयौँ मुरी धानबाली नष्ट पारेको किसानहरुले बताएका छन् । बाँसखोलामा पहिरो सफा गरी लोकमार्ग सन्चालनमा आएको केहि घण्टा पश्चात भीषण वर्षाका कारण बडीगाड गाउपालिकाको राक्सेमा लेदो सहितको पहिरोले मध्यपहाडी लोकमार्ग ८ घण्टा अवरुद्ध बनेर सयौँ यात्रुहरुले सास्ती व्यहोर्नु परेको दुखेसो गरेका छन् ।
मुसलधारे पानीसँगै बडीगाड- २ राक्सेमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग ८ घण्टा पछी खुल्यो !
२०७६ असार १४, शनिबार १३:४८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ जेष्ठ ९, आईतवार ०८:२१
खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
२०७७ मंसिर ८, सोमबार ११:१३