Sorry, that menu does not exist.
 

जननेता मदन भण्डारीको जन्म जयन्ती : नेकपा ढोरपाटन नगर कमिटीद्धारा बृक्षरोपण !

सुमन सुनार, बुर्तिबाङ २०७६ असार १४ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मदन भण्डारीको ६७ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारले भण्डारीको जन्म दिनको अवसरलाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गरेर देशभर फलफूल लगायतका विरुवा रोपेर दिवस मनाइएको छ ।

यसैविच जननेता भण्डारीको जन्म जयन्तीका अवसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटीले बृक्षारोपण गरेको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पस परिसरमा बृक्षारोपण गरिएको नेकपा ढोरपाटन नगर कमिटीले जनाएको छ । नगर कमिटी अध्यक्ष लक्ष्मण पुनका अनुसार, आँप, लिची र अमिलो जातको फलफूलका विरुवा रोपिएको हो । रोपिएका ती विरुवाको गोडमेल, मल, आवश्यक औषधी उपचार र संरक्षण जस्ता कार्य भने नेकपा र निसीभूजी जनता क्याम्पसले सहकार्य गरी गर्नेे अध्यक्ष पुनको भनाई छ ।

बृक्षारोपण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, नगर उप–प्रमुख करमती पुन, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागलुङका जिल्ला कमिटी सदस्य चन्द्रलाल अर्याल, नेता तुल्सीराम अर्याल, ढोरपाटन नगर कमिटि अध्यक्ष लक्षमण पुन, नगर कमिटी सचिव भिम गौतम, सचिवालय सदस्य ज्ञान प्रसाद कँडेल, नगर कमिटी सदस्य तथा नेपाल निर्माण व्यवसायी संगठनका केन्द्रीय सदस्य थम प्रकास पुन लगायत पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

जननेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै गाडिमा सवार तत्कालीन एमालेको संगठन विभाग प्रमुख जीवराज आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन भने सकेनन् । सकेनन् मदन भण्डारी जीवित छँदा जति चर्चामा थिए, मृत्युपछि पनि उत्तिकै चर्चामा छन् । जननेता भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जबज अहिलेको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीमा बहसमा छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गर्दा जबज र २१ औं शताब्दीको जनवादका राम्रा पक्ष समेट्दै एकीकृत पार्टीको राजनीतिक कार्यक्रम जनताको जनवाद बनाउने सहमति भए पनि हाल जबज की जनताको जनवाद भन्नेमा तीब्र बहस छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply