Sorry, that menu does not exist.
 

साझेदारी बहुउदेश्यीय सहकारीले चीनी बिक्रीबाट सुरु ग-यो सहकारी पसल !

बागलुङ, २०७६ असार १५ । बागलुङ बजारमा रहेको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो सहकारी पसलको सुरुवात गरेको छ । सहकारीले किसानहरुका लागी महत्वपुर्ण दिन असार १५ को अवसर पारेर बहुउदेयीय परियोजना अन्तर्गत सहकारी पसलको सुरुवात गरेको हो ।

तिन बर्षिय रणनैतिक योजना अनुसार अगाडी बढेको सहकारीले आफ्नो बहुउदेश्यीय परियोजना अन्तर्गत पहिलो चरणमा चिनीको होलसेल कारोवार सुरु गरेको संस्थाका अध्यक्ष हरि प्रसाद गौतमले बताए । ‘हामीले अहिलेका लागी चिनीको विक्रिवाट कारोवार सुरु गरेका छौ’ अध्यक्ष गौतमले भने, ‘छिट्टनै हाम्रा शेयर सदस्य र आम उपभोक्ताहरुको हितमा हुने गरि अन्य परियोजना आगाडी वढाईने छ ।’ बा.न.पा २ सिनेमारोडमा रहेको सहकारीले आवारोडवाट सेवा संचालनमा ल्याएको हो । साझेदारी बहुउदेश्यीय सहकारी संस्था द्धारा संचालिन ‘विक्रि केन्द्र’ नाम बाट संचालित पसलवाट हालका लागी खुद्रा कारोवार नगरिने बताईएको छ ।

केन्द्रको उद्घाटन गर्दै संविधान सभाका पुर्व सदस्य एंव संस्थाका सल्लाहकार प्रकास शर्मा पौडेलले सहकारीहरु सेवा केन्द्रत हुनुपर्ने बताए । ‘सहकारीहरु नाफा भन्दापनी शेयर सदस्यहरुको सेवामा केन्द्रीत हुनु जरुरी छ ।’ पौडेलले भने ‘साझेदारीको सुरुवात राम्रो छ यसलाई विस्तार गर्नु जरुरी छ ।’ शेयर सदस्यले संगै समुदायलेनै प्रत्यक्ष लाभ लिन सक्नेगरी काम गर्न उहाले आग्रह गरे । उनले सहकारीले समाजको रुपान्तरणका लागी काम गर्नुपर्ने भन्दै शेयर सदस्यलाई आर्थिक रुपमा सक्षम बनाई समृद्ध समाज निर्माणमा भुमिका खेल्नुपर्ने बताए ।

अध्यक्ष गौतमले साझेदारी सहकारीलाई जिल्लाकै नमुना, उत्कृष्ट, विश्वसनीय सहकारीको रुपमा स्थापित गर्न आफुहरु लागी परेको बताउदै सहकारीतालाई सेवा र आय आर्जनको क्षेत्रमा जोडी सदस्यहलाई आर्थिक रुपमा सवल बनाउन लागी परेको बताए । सहकारीले युवाहरुलाई विदेश पलायल हुनवाट रोक्ने खालका परियोजनाहरु संचालन गर्ने गरी तयारी थालेको उनको भनाई थियो । ‘शेयर सदस्य र आम सर्वसाधारणको हितमा हुने गरी विविध परियोजना संचालनका लागी हामि लागी परेका छौ’ अध्याक्ष गौतमले भने ‘समुदायमा आत्मार्निभरता र स्वरोजगार बृद्धिका लागी छिट्टैनै योजना सार्वजनिक गर्ने छौ ।’

सहकारी मार्फत सवल र समृद्ध समाजको निर्माणका लागी आफ्नो त्रिवर्षिय रणनैतिक योजना अनुसार अगाडी वढेको सहकारीले समुदाय र सदस्य केन्द्रत विभिन्न कार्यक्रम संचालन गरेको उपाध्यक्ष तेजप्रसाद शर्माले बताए । ‘सझेदारीलाई अवको तिन बर्ष भित्रमा जिल्लाकै नमुना, विश्वसनीय र भरपर्दाे सहकारीको रुपमा स्थापित गर्ने शर्माको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply