बुर्तिवाङ २०७६ असार १७ । प्रश्रव व्यथा लागेर गम्भीर अवस्थामा पुगेकी ढोरपाटन नगरपालिका- ९ बोवाङ मर्माका टेक बहादुर वि.क.की श्रीमती २१ वर्षिया कमला विकको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा कृष्णहरि श्रेष्ठ, डा दिलिप कोजु लगायतको स्वास्थ्य टोलीले तत्कालै सिजरिन अपरेशन गरी प्रसुती गराईएपनि बच्चा (छोरा)को मुटुको धडकन सामान्य नभएकोले थप उपचारका लागी हेलिकप्टरबाट पश्चिमान्चल गण्डकी अस्पतालमा पोखरा पठाई एनआईसीयुमा भर्ना गरी उपचार भैरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक तिवारीले ईबागलुङलाई बताए।
अपरेशन पश्चात बच्चा (छोरा)को मुटुको गति समान्य नभएपछी डा श्रेष्ठ र डा कोजुले आमा बच्चालाई हेलिकप्टरमा पोखरा रिफर गर्नु पर्ने बताएपछी प्रमुख तिवारीले प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम वहादुर खड्का, सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य महाशाखाका अधिकृत प्रकाशराज शर्माको समन्वयमा सचिवज्यूलाई सम्पर्क गरी सुत्केरी आमा छोरालाई निशुल्क हेलिकप्टरको व्यवस्था मिलाई पोखरा पश्चिान्चल अस्पतालमा उपचार भैरहेको बताए ।
ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक रितुवर्ण पौडेल तालिमको सिलसिलामा पोखरा भएकोले आमा बच्चालाई बुर्तिवाङबाट पोखरा ल्याउन र उपचार गर्ने व्यवस्था मिलाउन निकै सहयोग पुगेको पनि प्रमुख तिवारीले बताए ।
आमा बच्चाको अवस्थाका बारेमा ईबागलुङले स्वास्थ्य संयोजक पौडेलसंग जिज्ञासा राख्दा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा श्रेष्ठ र डा कोजु लगायतको टीम तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई प्रसुति व्यथाले छटपटाई रहेकी एक दलित महिलाको सफल अपरेशन गरी आमा बच्चाको ज्यान बचाएकोमा धन्यवाद दिए । उनले बच्चा (छोरा)को एनआईसियुमा राखी उपचार भैरहेको जानकारी पनि दिए ।
सहकर्मी सुमन सुनारका अनुसार ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा विशेष पहल गरेपछि थप उपचारका लागि आकस्मीक उद्धार गर्न सम्भव भएको डाक्टर श्रेष्ठले बताए ।
दिउँसो करिव ४ बजेको समयमा हेलीकप्टर मार्फत उद्धार गरिएको थियो । नगर प्रमुख नेपालीले आमा र बच्चाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पु-याउने उद्धेश्यले नगद रकम सहयोग समेत गरेका थिए ।
निजहरुको उद्धारमा लाग्ने हेलिकप्टरको खर्च रु १२००००। र गण्डकी अस्पतालको आईसियु सहित सवै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले वहन गर्ने गरि ब्यवस्था मिलाएको स्वास्थ्य प्रमुख पौडेलको भनाई थियो । उनले सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य महाशाखाका सूचना अधिकारी एवं अधिकृत प्रकाशराज शर्मा आफै खटिरहेको पनि जानकारी दिए ।
बच्चालाई भेन्टिलेटरमा राखी डा कोजु र ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक पौडेल हेलिकप्टरमा पोखरा गएका छन् । यस पछिल्लो प्रसुती कार्यले निसीभूजी क्षेत्रमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक टोलीको प्रयासलाई निकै सराहना गरिएको छ ।
प्रसुती पछी यसरी उद्धार गरियो आमा र नवजात शिशुको : बुर्तिवाङ स्वास्थ्य केन्द्रका डाक्टरहरुको प्रशंसा !
२०७६ असार १७, मंगलवार २०:५४
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०