Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्ग निसीखोला- ५ काला पहिरामा खसेकोे जब्रोले दुर्घटना निम्त्याउन खतरा !

बुर्तिवाङ २०७६ असार १८ । मध्यपहाडी लोकमार्गको बुर्तिवाङ निसी खण्ड (करीब १५ किमी)मा लोकमार्ग छेउमै खसेको ठुलो जब्रोले कुनै पनि समय अनेपेक्षित दुर्घटना निम्त्याउने खतरा देखिएको छ ।

निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई दिएको जानकारी अनुसार निसीखोला गाउपालिका ५ कालापहिरामा लोकमार्ग छेउमै रहेको अजंगको जब्रोले नराम्रो दुर्घटना हुन सक्ने खतराका बारेमा गाउपालिकाले विपद व्यवस्थापन समिति र सरोकारवाला निकायहरुमा जानकारी गराएपछी हिँजो असार १७ गते विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिडीई आशिष थापा मगर, कालीगण्डकी करिडरका प्रमुख अवकाशप्राप्त प्रमुख सेनानी रश्मीराज भट्टराई, जिल्ला प्रहरीकार्यालय बागलुङ प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टरार्ई समेतको टोलीले सो जब्रोको अबलोकन फर्किएको छ ।

लोकमार्गको छेउमै रहेको ठुलो जब्रोलाई कसरी व्यवस्थापन गर्ने सोँच्नु भएको छ भन्ने ई बागलुङले प्रजिअ क्षेत्री समक्ष राखेको जिज्ञासामा प्रविधिक प्रतिवेदन प्राप्त भएपछी आवश्यक व्यवस्थापन गरिने जानकारी दिए ।

गाउपालिका अध्यक्ष पौडेलका अनुसार विष्फोटक पदाथ प्रयोग गरी जब्रोको व्यवस्थापन गर्नुपर्ने देखिएको बताए । उनले जतिसक्यो चाँडै जब्रोको व्यवस्थापन गर्न माग गरेको पनि बताए ।

तस्वीर- अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply