बागलुङ, २०७६ असार १८ । गलकोट नगरपालिका १ दुदिलाभाटीमा काफलठुटादेखि गौदी जोड्ने झोलुङगे पुलको सर्वे भएको छ । समुद्री सतहदेखि सय मिटर उचाई, १ सय ९८ मिटर लम्वाई रहेको पुलको सर्वे गरिएको हो ।
समाजसेवी ललिता थापाको विशेष पहलमा निर्माण हुन लागेको उक्त पुल सस्पेन्सन व्रिज डिभिजन कार्यालय ललितपुरले निर्माण गर्ने पुल निर्माण समितिका अध्यक्ष गुमानसिंह बुढाथोकीले जानकारी दिए । गलकोट नगरपालिका क्षेत्रभित्र निर्माण भएका अन्य झोलुङगे भन्दा यो पुल अग्लो मानिएको छ ।
पुल निर्माणपछि काफलठुटा देखि गौदी पैदल यात्रुलाई करिव आधा घण्टा छोटिने छ । मध्यपहाडी लोक मार्गंहुँदै बरेङ गाउपालिका, गुल्मीको शान्तिपुर आवताजावत गर्ने स्थनीय तथा आन्तिरिक यात्रुलाई समेत राहत हुने पुल निर्माण समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
पुल निर्माण लाग्ने लागत र समयअवधि भने केही दिनमा जानकारी हुने इन्जिनियर मौसम ढकालले बताए ।