राम सुवेदी, बुर्तिवाङ २०७६ असार १८ । न्यू मोर्डन एकेडेमीले, यस वर्षको एसईई परीक्षामा शत प्रतिशत उत्तिर्ण हुने विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा २०६५ सालदेखि शैक्षिक यात्रा सुरुगरेको एकेडेमीले हरेक वर्षको एसईईमा उत्कृष्ठ नतिजा सहित विद्यार्थी उत्तिर्ण गराउँदै आएको छ । एसईई परीक्षा २०७५ मा एकेडेमीका हरि अर्यालले ४ जिपिए ल्याएर धौलागिरी अञ्चलमै उत्कृष्ठ भएका छन् । अर्यालले सबै विषयको नतिजा ए प्लसमा ल्याएका थिए ।
एकेडेमीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकृत धनप्रसाद पोखरेलले, न्यू मोर्डन धौलागिरीकै एक नम्बर स्कुल भएको बताए । आफ्नो कार्यक्षेत्र रहेको ढोरपाटन नगरको काख बुर्तिबाङ बजारमा रहेको न्यू मोर्डनले, कडा मेहनेत, शिक्षा तर्फको लगाव र व्यवस्थापन टिमको उच्च व्यवस्थापकीय पक्ष कुशल रहेकोले यस्तो नतिजा आएको प्रशासकीय अधिकृत पोखरेलले बताए ।
अभिभावकको शिक्षामा जागरण, विद्यार्थीको अब्बल मेहनत र शिक्षकहरुको कार्यकुशलताले , शैक्षिक क्षेत्रमा ढोरपाटन नगरको समेत उच्च स्थान राखेको भन्दै पोखरेलले, नगरपालिकाले समेत यस्तो उत्कृष्ठ नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताए ।
शिक्षक विद्यार्थी र अभिभावकहरुको कडा परिश्रम र लगावका कारण न्यू मोर्डन एकेडेमीले उच्चतम नतिजा हासिल गरेको भन्दै यसलाई कायम राख्नुपर्नेमा कार्यक्रममा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा न्यू मोर्डन एकेडेमी सञ्चाक समिति सदस्यहरु ज्ञान प्रसाद कँडेल, हरि कुवँर, सहबीन अर्गेजा, राम सुवेदी त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य बालसम कँुवर, शिक्षक अभिभावक संघका संयोजक तिलक बुढा, एकेडेमीका भाईस प्रिन्पिल मीनबहादुर महत, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
न्यू मोर्डन एकेडेमी सञ्चालक समितिले गत वर्ष नै एकेडेमीबाट उत्कृष्ठ ४ जिपिए अंक ल्याउने विद्यार्थीलाई उसले विद्यालयमा तिरेको सबै मासिक शुलक फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार, एकेडेमीबाट ४ जिपिए अंक ल्याउने हरि अर्यालले अहिलेसम्म एकेडेमीमा तिरेको सबै मासिक शुल्क फिर्ता गरेको एकेडेमीका प्रिन्सिपल दीपा कुवँरले जानकारी दिईन । अर्याल कक्षा नर्सरीदेखि नै उत्कृष्ठ विद्यार्थी भएको र उत्कृष्ठ विद्यार्थीलाई एकेडेमीले ५० देखि ७५ प्रतिशत मासिक शुल्कमा छुट दिंदै आएको समेत प्रिन्सिपल कुँवरको भनाई थियो । उनले एकेडेमीमा मासिक शुल्कको रुपमा बुझाएको ४९ हजार ३ सय ९२ रुपैयाँ कार्यक्रमकै अवसरमा एकेडेमी सञ्चालक समितिका अध्यक्ष निमलाल पाण्डेले अर्यालका अभिभावक अनिता अर्याललाई हस्तान्तरण गर्नुभएको थियो । अर्याललाई एकेडेमीले प्रशंसा पत्रले सम्मान समेत गरेको छ ।
एकेडेमीमा अध्ययनरत मेहनेति, जेहेन्दार विद्यार्थीको सम्मानका लागि एकेडेमीले अघिल्लो वर्ष नै यस्तो निर्णय गरेको अध्यक्ष पाण्डेले बताए । यस्तै एकेडेमीले अघिल्लै वर्षबाट ए प्लस ल्याउने विद्यार्थीलाई जनही ५ हजारका दरले पुरस्कृत गर्दै आएको थियो । यस वर्ष एकेडेमीबाट ए प्लस ल्याउने छात्रा हिमशिला कुँवरलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
एकेडेमीले उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई शैक्षिक शान्ति ¥याली सहित बजार परिक्रमा गरि कार्यक्रममा परिणत गरेको थियो ।
एकेडेमीका अंग्रेजी विषय शिक्षक हरी आचार्यको स्वागत मन्तव्य, एकेडेमीमा सञ्चालित न्यू मोर्डन तेक्वान्दो डोजाङको प्रस्तुति सहित शिक्षक प्रकास पुरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।