Sorry, that menu does not exist.
 

गुल्मी सदरमुकाम तम्घासमा आईपुगे, ‘साईकल योग अभियन्ता’ शाही !

मनु सुनार, गुल्मी २०७६ असार २० । गुल्मी सदरमकाम तम्घासमा रहेको चिदीचौरमा राष्ट्रिय झण्डा सहितको साइकल । त्यसको अगाडि पट्टिको भागमा लेखिएको थियो, ‘नेपाल योग यात्रा’ । त्यही साइकलमा सवार थिए,एक जना युवा, जसको नाम हो बालकृष्ण शाही ।

उनको घर सिन्ता गाउँपालिका–३ अर्गीगाउँ सुर्खेत कर्णाली प्रदेशमा पर्दछ । उमेरले उनी १९ वर्ष भए । अहिले कक्षा १२ मा अध्ययनरत छन् । उनले साइकलव्दारा ‘नेपाल योग यात्रा’ शुरु गरेको बताएका छन् । पाचौँ अन्र्तराष्ट्रिय योग दिवस असार ६ गतेदेखि साईकल यात्रा शुरु गरेका हुन् ।

अहिले नेपालका सात वटा जिल्ला साइकलव्दारा पार गर्दै आठौँ जिल्लाको रुपमा गुल्मीको सदरमुकाम तम्घासमा आईपुगेको बताए । ‘सम्पुर्ण साइकल प्रेमी, देशभक्त र योगप्रेमी नेपालीलाई सचेत, स्वस्थ, संस्कारवान, सशक्त र जागरुक बनाएर राष्ट्र निर्माणको लागि जुटाउने लक्ष्यका साथ साईकल योग यात्रामा निस्केको भन्छन साईकल योग अभियन्ता बालकृष्ण शाही ।

मानवता, अध्यात्म, योग, संस्कृति र राष्ट्रियताको सन्देश सम्प्रषेण गर्ने उनले बताए । अभियानमा उनले देशका ७७ जिल्लामा पुगेर योगको प्रचार–प्रचार तथा योग साधना केन्द्रमा शिविर मार्फत योगको जानकारी पनि गराउँदै हिडेका छन् । ‘योगमा एउटा छुट्टै सुगन्ध छ । यो सुगन्ध देशका कुना–कुनामा पुर्याउने उद्देश्य छ, देशभर योग यात्रामा जोडिएर घुम्दैछु साईकल योग अभियन्ता शाहीले ईबागलुङलाई बताए । योग एक जीवन दर्शन र आत्मनुशासन भएको बताउदै उनले भने, ‘शरीर स्वस्थ्य, सस्कारवान, नैतिकवान, चरित्रवान बनाउनु योगको सुगन्ध हो ।’

योगको प्रचार–प्रसार गर्दै गुल्मी आएका योग साईकल यात्री तथा अभियन्ता बालकृष्ण शाहीलाई पतञ्जली योग समिति गुल्मीले सदरमुकाम तम्घासमा स्वागत गरेको छ ।
पतञ्जली योग समिति गुल्मीका महामन्त्री तथा योग प्रशिक्षक रामलाल पाण्डेयले अभियन्ता शाहीलाई योग अभियानको शुभकामना समेत दिए ।

प्रशिक्षक पाण्डेले ‘मानवता, अध्यात्म, संस्कृति, राष्ट्रियता, जुन अभियानको प्रमुख लक्ष्य छ । यो आवश्यकता खड्किएको छ । योगले नै यी सम्पुर्ण कुराहरुलाई जोड्न सक्ने बताए । योग साइकल यात्री तथा अभियन्ता शाहीले सदरमुकाम तम्घासमा सञ्चालन भईरहेको योग शिविरमा प्रवचन समेत दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply