Sorry, that menu does not exist.
 

अपंगता भएका व्यक्तिलाइ समाजले हेर्ने व्यवहार र दृष्टिकोणमा परिवर्तन जरुरी : उप प्रमुख काउचा

सुरेश छन्त्याल, गल्कोट २०७६ असार २२ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले अपाङ्गता भएका व्यक्तिहरुलाइ समाजले हेर्ने व्यबहार र दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताएकी छिन् ।

गल्कोट नगरपालिका ३ हटियामा शनिवार सम्पन्न अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिने समुदायमा आधारित पुनस्थापन सम्बन्धि सिविआर कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेकी उप प्रमुख काउचा मगरले अपाङ्गता भएका व्यक्तिहरुलाइ सरकारले व्यवस्था गरेको सेवा सुविधाका प्रति स्वयं सचेत भएनौँ र केवल अर्काकै भरमा लाग्यौँ भने छ, त्यो व्यवस्था बारेमा अपाङ्गहरु आफै सचेत भएनौँ भने हामी आफ्नै खाली अर्काको भरमा भयौँ प्राप्त सरकारी सेवा सुविधाबाट बन्चित रहने प्रष्ट पारिन् ।

गल्कोट नगरपालिकाको आर्थिक सहयोग र अपाङ्गता भएका व्याक्तिहरुको नगरपालिका स्तरीय सञ्जाल गल्कोट नगरपालिका बागलुङको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकीय अतिकृत तुलप्रसाद विक लगायतको समुपस्थिति रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको नगरपालिका स्तरीय सञ्जाल गल्कोट नगरपालिका अध्यक्ष शिशिर बम मल्मको सभापतित्वमा सम्पन्न कार्यक्रम सन्जालका सदस्य पितम घर्तीको स्वागत तथा सञ्जालका सचिव गुन बहादुर खत्रीको संञ्चालनमा भएको कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तीहरुको सहभागीता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply