झरना कँडेल, बागलुङ/अस्ट्रेलिया २०७६ असार २३ । एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य समन्वय समितिको सदस्यमा बागलुङ बुर्तिवाङकी नम्रता शर्मा निर्वा्चित भएकी छन् ।
ढोरपाटन नगरपालीका १ बुर्तिबाङकी चेली शर्माले केवल आफ्नो जीत मात्रै नभई युवाको मन जित्न, महिला सहभागिताको सुनिश्चित गरि, नयाँ पुस्तामा घट्दै गएको बिश्वास जित्न, नेपाली मनको आवाज सुनि नेपाली युवाहरुकै समग्र हितको लागि सधैँ तत्पर रहने प्रतिवद्धताका साथ एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य समन्वय समितिको सदस्यको पदमा उम्मेद्वारी दिएकी थिईन ।
गत जुलाई ६ सन् २०१९ मा भएको चुनावमा शर्माले ११ सय ८७ मत सहित विजय प्राप्त गरेकी हुन् । बागलुङकी चेलीले अष्ट्रेलियामा पुगेर जीत हात पार्नु गौरवको बिषय भएको बताईएको छ । अध्ययनका लागि बिगत साढे ४ बर्ष देखी अष्ट्रेलियामा रहदै आएकी शर्मा एक जुझारु महिला हुन्, उनले स्वदेश हुदाँ देखीनै सामाजिक कार्यमा रुची राख्दथिन् ।
शर्मा बुर्तिवाङ निवासी चिन्तामणी शर्मा र नविना शर्माकी जेठी छोरी हुन् । उनका दुई भाईहरु छन् ।
14 Comments