विक्रम सुनार, बागलुङ २०७६ असार २५ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १९ औ स्थापना दिवस तथा नन्द हरि सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सांसद देवेन्द्र पौडेलले समाज परिवर्तनको लागि समृद्ध नेपाल सुखी नेपाल बनाउन सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको बताएका थिए । उनले सबै सकारात्मक नभएसम्म परिवर्तन संभव नहुने त्यसको लागि मिडियाले भुमिका खेल्नुपर्ने धारणा सांसद पाडेलको थियो । अहिले ल्याउन खोजेको मिडिया काउन्सिल बिधेयक परिमार्जन गर्न आफुले भुमिका खेल्ने पौडेलले बताए ।
सोही अवसरमा पत्रकार हरिनारायण गौतमले आफेना बुबामुमाको नाममा स्थापित नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका सम्वाददाता किरण आचार्य र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई नगद १५ हजार १ सय ५५ सहित प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लोकबहादुर क्षेत्री, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश गौतम, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेश चन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्त, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शमार्, प्रेस संगठन नेपालका कार्यदलका सदस्य उमाकान्त शमार्, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल, पुरस्कृत पत्रकार किरण आचार्य र रामकृष्ण बोहोरा लगायतले बोलेका थिए ।
कार्यक्रममा बक्ताहरूले प्रेस स्वतन्त्रता भनेको खाली पत्रकारिता संग मात्र सम्बन्धि नभए सिंङगो समाजको नागरिकको सरोकारको बिषय भएको धारणा राखेका थिए । अहिले सरकारले ल्याउन खोजेको मिडिया काउन्सिल बिधेयक परिमार्जित गर्नुपर्ने धारणा राखेका थिए ।
नन्द हरि सिर्जनशील पत्रकारिता पुरस्कारद्धारा पत्रकार राजेशचन्द्र राजभण्डारी ,घनश्याम खड्का, दुर्गाप्रसाद शर्मा ,ज्ञानेन्द्रगौतम, ओम प्रकाश घायल ,कोपिला कडेल ,ध्रुब सागर शर्मा,पुरस्कृत भइसकेका छन् ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, स्वागत उपाध्यक्ष नरेश कडेल संचालन सचिव राम थापाले गर्नुभएको थियो ।