थम्मन थापा सन्देश गल्कोट २०७६ असार ३१ । गल्कोट नगरपालिकाको नगर गौरवको योजना मल्म पाण्डवखानी सडकको ८ सय मिटर सडकको स्तरोन्नति तथा ग्रावेल कार्य सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गको आगाँखेत जिरो किमी देखी ओदाह सम्म उक्त कार्य सम्पन्न गरिएको निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रवन्धक गोरख भण्डारीले जानकारी दिए। ७ मिटर चौडाई सहित पक्की नाली, कटिङ र आवश्यकता अनुसार ह्यूम पाईप, मेसिनरी वाल निर्माण सहित सडकको ग्रावेल गरिएको प्रवन्धक भण्डारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७५र०७६ को गल्कोट नगरपालिकाबाट विनियोजित रकम रु ४० लाख र गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित रकम रु २० लाख गरि ६० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले ईबागलुङलाई बताए । उक्त सडकलाई क्रमश स्तरोन्नति सॅगै कालोपत्रे गर्ने लक्ष्य रहेको वडा अध्यक्ष थापाको भनाई द्ध ।
सडकलाई मल्म देखि पाण्डवखानी, रणसिंहकिटेनी, बुर्तिबाङ हुँदै ढोरपाटन जोडने योजना तय गरिएको छ । सडकको क्रमिक रुपमा स्तरोन्नति र विस्तार सॅगै कालोपत्रे गर्न गल्कोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले गत चैतमा सम्पन्न संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलामा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतलाई आवश्यक बजेट विनियोजन गर्न माग पत्र प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले मल्म पाण्डवखानी ढोरपाटन सडकलाई भौतिक पुर्वाधिर मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६र२०७७ को बजेटमा भनें गल्कोट नगरपालिकाले यस सडकको मल्म खण्डलाई नगर गौरवको योजनामा समावेश गरेको छैन । नगरपालिकाले भौगोलिक विकटता र टाढाको दुरीमा रहेको भन्दै सडक क्षेत्रमा पाण्डवखानी गैराभाटी देखि रमुवा सॅगको सडक खण्डलाई नगर गौरवको योजनामा समावेश गरि ६० लाख रुपैया बजेट विनियोजन गरेको नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिईन् । मध्यपहाडी लोक मार्गले पनि पाण्डवखानीलाई नछोएको र सडकको सहज पहुँचमा उक्त वडालाई जोडन नगरले दुर्गम र टाढाको दुरीमा रहेको वडालाई विशेष प्राथमिकता दिएको नगर उपप्रमुख काउचाको भनाई थियो ।
2 Comments