Sorry, that menu does not exist.
 

न्याय प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन अदालतले कुनै कसर बाकी राख्दैन : न्यायाधीश पौडेल

कोपिला कंडेल, बागलुङ २०७६ साउन १ । उच्च अदालत पोखरा बागलुङ ईजलासका निमित्त मुख्य न्यायाधीश हरि प्रसाद पौडेलले न्याय प्रणालीलाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि अदालतले कुनै कसर बाकी नराख्ने बताएका छन् ।

उच्च अदालत पोखरा बागलुङ इजलास र जिल्ला अदालत बागलुङले बुधबार न्यायपालिकाको चौथो रणनीतिक योजना सम्बन्धी आयोजना गरेको जानकारी मुलक कार्यक्रममा बोल्दै नि मुख्य न्यायाधीश पौडेलले न्याय प्रणालिको प्रभावकारिताका लागि सबै सरोकारवाला सचेत बन्नुपर्नेमा उनको जोड दिए ।

कार्यक्रममा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डित, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, उच्च अदालत बार एशोसिएसन बागलुङका अध्यक्ष हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक बर्ष ०७५÷७६ मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पोखरा बागलुङ इजलास र जिल्ला अदालत बागलुङले बुधबार न्यायपालिकाको चौथो रणनीतिक योजना सम्बन्धी आयोजना गरिएको जानकारी मुलक कार्यक्रममा यो बर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा ७७.१५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जानकारी गराईएको हो ।

यस आर्थिक बर्षको असार ३१ गतेसम्म परेका नयां दर्ता भएका ३ सय २३ थान र जिम्मेवारी सरी आएका ४९ गरी ३ सय ७२ थान मुद्दा मध्ये २ सय ८७ थान मुद्दा फछ्र्यौट गरेको उच्च अदालत बागलुङ ईजलासका रजिष्ट्रार ध्रुव कुमार ढकालले जानकारी दिए । रजिष्ट्रार ढकालका अनुसार चालु आर्थिक बर्षमा १ सय ८९ थान मुद्दा मात्र फछ्र्यौट गर्ने लक्ष्य रहेपनि २ सय ८७ थान मुद्दा फछ्र्यौट भएका छन् । मुद्दा फछ्र्यौट अनुसार यो बर्षको कार्य प्रगति १ सय ५१.८५ प्रतिशत भएको अदालतले जनाएको छ । त्यसैगरी यो आर्थिक बर्षमा फछ्र्यौट गर्न बाँकी रहेका ८५ थान मुद्दा अबको आर्थिक बर्षमा फैसला गर्ने रजिष्ट्रार ढकालको भनाई छ ।

हालसम्म परेका मुद्दा मध्य सरकारवादी, दुनियावादी एवं रिट गरी जिम्मेवारी सरी आएको ४९ गरी जम्मा ३ सय ७२ मुद्दा मध्य मध्य १ बर्ष भित्रको ८२ वटा र १ बर्ष नाघेको ३ वटा रहेको अदालतले जनाएको छ ।

पञ्चबर्षिय योजना सम्पन्न गर्नका लागि ४६ अर्ब ६७ करोड १५ लाख ७५ हजार बजेटको अनुमान गरिएको रजिस्ट्रार ढकालले जानकारी दिए ।

कार्यक्रम उच्च अदालत पोखरा बागलुङ ईजलासका न्यायाधीश शकुन्तला घिमिरेको अध्यक्षता र अदालतका गोकर्णराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply