Sorry, that menu does not exist.
 

‘भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम’ प्रति बागलुङका व्यवसायी विरोधमा !

बागलुङ २०७६ साउन १ । सरकारले देशभित्र व्यवसायिक मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी सुरु गरेकोमा बागलुङका उद्योगी व्यवसायीले विरोध जनाएका छन ।

व्यवसायीहरुको छाता संगठन बागलुङ उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ती जारी गरी भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम’ नाम दिइएको यो प्रणालीप्रति विरोध जनाउँदै सरकारलाई ध्यानकर्षण गराएका छन ।

सरकारको निर्णयानुसार कार्यान्वयनमा आउन लागेको वेभमा आधारित अनलाई अुनगमन प्रणाली नेपालको भु–वनावट र व्यवसायीको प्रकृति अनुरुप अव्यवहारिक देखिएको भन्दै विरोध जनाइएको उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलद्धारा जानकारी दिए । व्यवसायीले उक्त प्रणालीलाई सुधार गरेर लैजानुपर्ने भन्दै विज्ञप्तीनै जारी गरेका छन ।

यो प्रणालीको बारेमा व्यवसायी उद्यामीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त नभई सकेकोले तत्काल लागु नगरी व्यवसाय मैत्री बातावरण सृजना गर्न जोडदार माग गरेका छन ।

संघले व्यवसायीहरुसँग समन्वय र सहकार्य नगरी ढुवानी व्यवसायमा पहिलो पटक लगाईएको मुल्य अभिबृद्धि करले समेत व्यवसायीलाई समस्या पार्ने भएका कारण केही समय थप गर्न अनुरोध गरेको छ । त्यस्तै स्थायी लेखा नम्बर नभएका कामदार र कर्मचारीलाई प्रदान गरिने ज्याला खर्चमा लेख्न नपाउने व्यवस्था नेपालको श्रमिक बजारसँग नमिल्ने भएकोले पुन अध्ययन गरी व्यवहारिक बनाउन समेत माग गरिएको छ ।

संघले बैक खाता मार्फत मात्र पारिश्रम भुक्तानी गर्नुपर्ने सवै कामदार तथा कर्मचारीको सामाजिक सुरक्षा योगदान रकम सामाजिक सुरक्षा कोषमा पठाउनुपनेै १० लाख रुपैयाँ भन्दा माथिको रकम चेकबाट भुक्तानी गर्नुपर्ने प्रावधान तत्काल लागु नरी उक्त निर्णय स्थगित गर्न माग गरेको महासचिव कंडेलले जानकारी दिए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यस प्रणालीको शुभारम्भ गरेका थिए ।

प्रविधिमा आधारित प्रणाली भएका कारण यो नियमलाई एकैचोटि अनिवार्य गर्नुको साटो यो वर्ष परीक्षण मात्र गर्नुपर्ने व्यवसायीहरु बताउँछन ।

अब देशभरबाट विभागका चेक पोष्ट हट्नेछन् । विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’का माध्यमबाट उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ भारिएको भन्नेबारे निगरानी गर्न सकिने गरी प्रणालीको विकास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply