Sorry, that menu does not exist.
 

जेसीज प्रशिक्षण एवं ‘क्षेत्र ख’को क्षेत्रिय भेला सम्पन्न: युवा नेतृत्वमा जोड !

राम प्रसाद घिमिरे, बागलुङ २०७६ साउन ६ । युवाहरुमा जागरण र नेतृत्वमा निखार ल्याउने उदेश्यले नेपाल जेसीज वर्ष २०१९ को ुक्षेत्र खु अन्तरगतका कार्यकारिणी उपाध्यक्षहरुका लागि प्रशिक्षण एवं क्षेत्रिय भेला तनहुँको बन्दिपुरमा सम्पन्न भएको छ ।

समाज बिकाशको मेरुदण्ड युवा र युवाहरुमा सकारात्मक सोच बिकाश गरि समाज परिवर्तनमा योगदान गर्ने महान सङ्कल्पका साथ १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरु आबद्द अन्तरास्ट्रीय सामाजिक सस्थां हो जेसीज ।

नेपाल जेसीज इतिहासमा पहिलो पटक आयोजित यस कार्यक्रममा बागलुङ जेसिसका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा कानुनी सल्लाहकार जेसी सुदीप राजभण्डारी, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेशचन्द्र भुषाल,राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटाले युवा नेतृत्व बिकाश सम्बन्धि प्रशिक्षण गरेका थिए ।कार्यकारिणी उपाध्यक्ष भेलामा क्षेत्र ख अन्तरगतका सबै कार्यकारिणी उपाध्यक्षको सहभागिता रहेको थियो ।

गत सुक्रबार र शनिबार गरि २ दिन सम्म सञ्चालन गरिएको कार्यक्रम नेपाल जेसीज वर्ष २०१९, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेशचन्द भुषालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्षेत्र ख कै निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष जेसी कमल भण्डारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, पूर्व राष्ट्रिय महासचिव एवम पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अरुनेश्वर खनाल, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेश अधिकारी लगायतले युवा नेतृत्व बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम पोखरा लेडीज जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षतामा, साैरहा लेडिज जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी सपना पौडेल, जेसीज आई मिसन भिजन लेखनाथ जेसीज कास्कीका कार्यकारिणी उपाध्यक्ष जेसी नवराज पौडेल द्वारा जेसीज आस्थापाठ, प्रस्तावित भीरकोट जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी बर्षा पंगेनीको स्वगतमा सुरुभएको कार्यक्रमको सञ्चालन बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply