Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्ग निसी खण्डको कालापहिराको जब्रो सेनाद्वारा विष्फोट : ढुंगा हटाउने काम जारी !

राजु आचार्य, बुर्तिवाङ २०७६ साउन ७ । मध्यपहाडी लोकमार्गको बुर्तिवाङ-निसी खण्डको कालापहिरा भन्ने स्थानमा २ महिना देखी झुण्डिएर रहेको ठुलो ढुंगा (जब्रो) सोमबार नेपाली सेनाको अर्जुनवाण गण घोडाबाँधे र कालीगण्डकी करिडोर निर्माण कार्यदलको संयुक्त प्रयासमा बिस्फोटन गरेको छ । लोकमार्ग देखी थोरै माथी झुण्डिएको अवस्थामा रहेको सो बिशाल ढुंगाले कुनैपनि समय ठुलो दुर्घटना निम्त्याउन सक्ने अवस्था रहेकोले निसीखोला गाउँपालिकाले विपत व्यवस्थापन समिति र मध्यपहाडी लोकमार्गलाई यसको शीघ्र व्यवस्थापनका लागी अनुरोध गरेका थियो ।

विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक नवराज घट्ट, अर्जुनवाणगण्का प्रमुख सेनानी भुवनराज देवकोटा, कालीगण्डकी करिडोरका प्रमुख अवकाशप्राप्त प्रमुख सेनानी रश्मीराज भट्टराई, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, निसी गाउपालिका उपाध्यक्ष शोभा केसी, स्थानीय जनप्रतिनिधीहरु लगायतको समुपस्थितिमा विष्फोटन गराइ जब्रो बिस्फोटन गरिएको हो ।

गाउपालिकाको आग्रहमा गत २०७६ असार १७ गते विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिडीई आशिष थापा मगर, कालीगण्डकी करिडरका प्रमुख अवकाशप्राप्त प्रमुख सेनानी रश्मीराज भट्टराई, जिल्ला प्रहरीकार्यालय बागलुङ प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टरार्ई समेतको टोलीले सो जब्रोको स्थलगत अबलोकन गरी फर्किएको थियो ।

जब्रो विष्फोटन पछी सवारी सन्चालनमा आएपनि लोकमार्गबाट ढुंगा हटाउन केहि समय लाग्ने बताईएको छ । वर्षातको समयमा जब्रो खसेर दुर्घटना हुने अवस्था टरेको स्थानीयले बताएका छन् । प्रजिअ क्षेत्रीको नेतृत्वमा निसीखोला गाउपालिका गएको टोली हिँजो राति १२ बजे सदरमुकाम फर्किएको छ ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।
योपनि पढौ :
मध्यपहाडी लोकमार्ग निसीखोला- ५ काला पहिरामा खसेकोे जब्रोले दुर्घटना निम्त्याउन खतरा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply