Sorry, that menu does not exist.
 

गल्कोटमा ‘ईलाका प्रशासन’ स्थापना गर्न नगरप्रमुख गैरेको नेतृत्वमा प्रतिनिधी मण्डल काठमाडौ प्रस्थान !

बागलुङ २०७६ साउन ८ । गल्कोट (हटिया ?)मा ईलाका प्रशासन, मालपोत, नापी लगायतका कार्यालय स्थापना गर्ने माग लिएर गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु सहितको एक टोली राजधानी प्रस्थान गरेको छ ।

हिँजो मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले गल्कोटमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न संघीय सरकारमा सिफारिस गरे सँगै नगरप्रमुख गैरेको नेतृत्वको टोली मंगलबार नै राजधानी काठमाडौँ प्रस्थान गरेको हो ।

बैठकमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, वडा न २ का अध्यक्ष हिमबहादुर भण्डारी, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेकपाका तर्फबाट जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, ज्ञामनाथ गैरे अनिल, फमलाल न्यूरे, नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्र बहादुर थापा, फोम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका भीमलाल भुसाल लगायतको सहभागिता रहेको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरीको पनि उपस्थिति रहेको थियो ।

बागलुङ जिल्लाको सुदूर पश्चिम निसीभूजी क्षेत्रलाई माझ पर्ने गरी व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा सराकारले केहि दशक पहिले नै ईलाका प्रशासन, मालपोत, नापी कार्यालय स्थापना गरेको छ भने जिल्लाको दक्षिण भेगको व्यापारिक केन्द्र जैमिनी नगरपालिकाको कुस्मीसेरामा पनि ईलाका प्रशासन कार्यालय स्थापनाको लागी सक्रियता देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply