खगेन्द्र विश्वकर्मा, तराखोला २०७६ साउन ८ । हालै प्रचारमा आएको ताराखोला गाउँपालिका ४ स्थित सिद्धपानी गुफा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटक तथा बिद्यार्थीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।
उक्त सिद्धपानी गुफाको अध्ययन अवलोकनका लागी ताराखोेला एजुकेशन हास्टेल सेन्टरमा अतिरिक्त कक्षाका लागी १ महिने अध्यनमा आएका दुर्गा भवानी मावि तथा अर्गल माविका गरि २५ जनाको समूहले सो गुफा अवलोकन गरेका थिए । गुफा अवलोकन पछी विद्यार्थीहरुले आफुहरु गुफा अवलेकन गर्दा आश्चर्यचकित परेको प्रतिकृया दिएका थिए । टोलीमा सहभागी विद्यार्थी प्रदिप कँडेलले गुफा मनमोहक भएको ईबागलुङलाई बताए । उनले गुफाको थप सुधारका लागि ताराखोला गाउँपालिकाले बजेटको व्यवस्था गर्नु पर्ने र विभिन्न संघसंस्थाहरुले यसको व्यापक प्रचार गुर्न पर्ने सुझाव दिएका थिए ।