राम प्रसाद घिमिरे, बागलुङ २०७६ साउन ९ । जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङले बागलुङ बजारमा सवारी चेकजाँचमा कडाई गरेको छ । बिलासी एवं व्यस्त जीवनशैली र सौखिन मानसिकताका कारण सबवारीको बढ्दो प्रयोग सँगै दुर्धटना बढ्दै गएको भन्दै दुई पाङ्ग्रे सबारी मोटरसाइकल र स्कुटरको चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख महेन्द्र रानाभाटले बताए ।
ट्राफिक नियमको उल्लङ्घन गरि दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरहरु बढिरहेको र रुप परिवर्तन गरि आवाज ठुलो बनाउने, सक उठाऊने सवारी हरुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाईरहेका छौं” रानाभाटले भने, ‘हामी जिल्लामा सवारी अनुशासन कायम गर्न र दुर्घटना न्युनीकरण गर्न प्रयासरत छौं, यसमा सबैले सहयोग गर्नुहुन म अनुरोध गर्दछुू ।”
जिल्लामा सामान्य साधनहरुको स्वरुप परिवर्तन गरि वातावरणमा असर पार्ने, आवाज ठुलो बनाउने साधनहरुको सङ्ख्या धेरै नै रहेको र ती सबैलाई नियन्त्रणमा ल्याउने प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रहरी जवान कमल परियारले बताए । ‘हामीले दिनदिनै जसो त्यस्ता स्वरुप परिवर्तित साधनहरु नियन्त्रणमा लिएर कानुनी कारबाहीको लागि जिल्लामा पठाएका छौं र यस्ता स्वरुप परिवर्तन गर्ने सबैलाई कारबाही गर्नमा कुनै कसुर बाँकी राख्ने वाला छैनौ, त्यसैले त्यस्ता साधन जो कसैले देखेमा हामीलाई खबर गर्न पनि म अनुरोध गर्दछु ।’
पछिल्ला बर्षहरुमा सवारी साधनहरुको प्रयोग निकै बढ्दो छ भने ट्राफिक नियमको उल्लङ्घन कै कारण दिनदिनै जसो दुर्घटनाहरु पनि बढिरहेका छन । स्मरणरहोस्, बजारमा नै हिजो र अस्ति भएका तीन वटा दुर्घटनामा परि एक जना पुरुषको मृत्यु भएको छ भने दुई महिला घाईते भएका छन ।
हिजो मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङले दुर्घटना न्युनीकरणका लागि बागलुङ बजारका अटो रिक्सा चालकहरुलाई ट्राफिक नियम तथा अनुसाशन सम्बन्धि प्रशिक्षण, सम्पन्न गरेको छ । बागलुङ बजारमा घरदैलो सेवामा चल्ने अटोरिक्साका चालकहरुलाई कहाँ रोकी यात्रु राख्ने एवं ओराल्ने, कसरी ट्राफिक नियम पालना गर्न सकिन्छ तथा ट्राफिक अनुशासन भनेको केहो र कसरी ट्राफिक अनुशासन पालना गर्ने जस्ता बिषयमा प्रशिक्षण दिईएको ट्राफिक प्रमुख रानाभाटले ईबागलुङलाई बताए । ‘सवारी दुर्घटना न्युनीकरण एवं ट्राफिक अनुशासन कायम गर्ने अभियान अन्तरगत सुरुवातमा अटोरिक्सा चालकहरुलाई प्रशिक्षण गरिएको छ, आगामि दिनहरुमा अन्य सबारीचालकहरुका लागि पनि जनचेतनामूलक कार्यक्रम गर्ने योजनामा छौं’ रानाभाटले भन ।
3 Comments