दरबन्दी अनुसारका कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या !
कोपीला कंडेल, बागलुङ २०७६ साउन ९ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी नआउदा समस्या उत्पन्न हुने गरेको छ । सरकारले दरबन्दी पठाउने र दरबन्दी अनुसारका आवश्यक बजेट पनि पठाउने तर मान्छे उपस्थीत नहुदा आएको बजेट समेत फ्रिज हुने गरेको धौलागिरी अस्पताल बिकास समितिका अध्यक्ष केबी राना मगरले बताए ।
धौलागिरी सञ्चार क्लव बागलुङले आयोजना गरेको ३४ औ श्रृङ्खलाको समसामाजिक साक्षातकारमा बोल्दै उनले सरकारको लापरवाहीले गर्दा स्वास्थ्य संस्थामा पनि बेलाबेला समस्या आउने गरेको दाबी गरे । उनले दरबन्दी अनुसारका कर्मचारीको तत्काल अस्पतालमा उपलब्ध गराउन माग समेत गरे । सरकारले न त दरबन्दी अनुसारका मान्छे पठाउछ न कर्मचारी राख्ने अधिकार अस्पतालाई दिन्छ, जसको असर प्रत्यक्ष रुपमा बिरामी माथि पर्छ, रानाको भनाई थियो ।
आफु व्यवस्थापन समितिको अध्यक्ष भएदेखि अस्पतालको आन्तरिक तथा बाह्य पक्षहरु सुधारका लागि निकै मेहेनत गर्दै आएको उनको भनाई थियो ।
‘म आउने बेला अस्पताल जंगल जस्तो थियो अहिले सुधार भएको छ,’ अध्यक्ष रानाले भने ,गुणस्तरीय सेवा प्रदानका लागि हामी सदैब क्रियाशस्ल छौ । उनले हाल अस्पतालमा थाईराईड र डायलसिस सेवा समेत उपलव्ध रहेको जानकारी दिए । अव थाईराईड र मृगौला रोगको चेकजाचका लागि पोखरा काठमाण्डौ लगायतका स्थानमा धाउनुपर्दैन , उनको भनाई थियो ।
कार्यक्रम धौलागिरी संचार क्लब बागलुङका कार्यबाहक अध्यक्ष किरण आचार्यको अध्यक्षता कोषाध्यक्ष कोपिला कंडेलको स्वागत मन्तब्य र सचिव प्रदिप पन्तको संचालनमा सम्पन्न भएको थियो ।
7 Comments