बागलुङ २०७६ साउन १२ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ स्वास्थ्य प्रशासक दीपक तिवारीको सरुवा भएको छ । उनी प्रदेश नं ३ को चितवन स्थास्थ्य कार्यालयको प्रमुखमा सरुवा भएका हुन् । उनले अस्तिमात्रै कार्यालयका नौ जना कर्मचारीलाई एकैचोटी बिदाई गरेका थिए ।
तीन वर्ष पहिले २०७३ साल कात्तिक २७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको बरिष्ठ जनस्वास्थ्य प्रशासकको रुपमा आएका तिवारीले बागलुङ जिल्लामा रहँदा स्वास्थ्य सम्वन्धी विविध क्षेत्रमा निकै राम्रो काम गरेर सकारात्मक छाप छोड्न सफल भएका हाकिमको रुपमा पहिचान बनाएका छन् । अफिसर्स क्लब बागलुङको अध्यक्षसमेत रहेका बरिष्ठ प्रशासक तिवारी एक मिलनसार कर्तव्यपरायण राष्ट्रसेवकको रुपमा चिनिन्छन् ।
बागलुङ जिल्लामा कार्यरत रहँदा जिल्लाको १० वटै स्थानिय तह र जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा,े तीन वर्षिय योजना बनाई सो अनुरुपका लक्ष्य हासिलका लागि कार्ययोजना लागु गरिएको,स्थानीय तहहरुलाइ नमुना स्वास्थ्य नीति वनाइ प्राविधिक सहयोग गरेको जुन नमुना नीति बागलुङ जिल्लामा मात्र नभै देशैभरिका स्थानीय तहलाइ उपयोगी सिद्ध भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्तरमा शल्यक्रिया द्धारा वच्चा जन्माउने सेवुा ऋभ्इल्ऋ सेवा सञ्चालन गरी दुर्गम स्थानका जनताहरुलाई सेवा प्रदान गरिएको, जिल्लाका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रहरुमा राष्ट्रिय बिमा कार्यक्रम अन्तर्गतको फार्मेसी सञ्चालन गरी जिल्लामा बिमित हुने दरमा व्यापक बृद्धि गरिएको छ ।
साथै प्राथमिक स्वास्थ्य केन्द्र र अञ्चल अस्पतालमा पहुच नभएका स्थानहरुका लागि जिल्ला बाहिर पायक पर्ने अस्पतालहरुलाई समेत प्रथम सेवा बिन्दुका रुपमा तोक्नको लागि नीतिगत व्यवस्था हुनलाई पहल गरी निर्णय कार्यान्वयन गरीएको छ । जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत रहेको बेरुजु मध्ये आ ब २०७४।०७५मा ६८% फर्सोट गर्न भएको छ ।
बागलुङ जिल्लाको १० वटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण गरी स्वास्थ्य कार्यक्रम संचालन तथा योजना तर्जुमा प्रकृयामा अत्यन्तै निकट समन्वय गरेको विषयलाई प्रशंसनीय मानिएको छ ।
सदरमुकाम क्षेत्र भन्दा जिल्लाको दूरदराजका क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँचलाई लिएर संवेदनशील तिवारीसंग गत २०७५ कात्तिक १८ गते जिल्लाको स्वास्थ्य स्थितिका विषयमा ईबागलुङले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कुराकानी : कस्तो छ, जिल्लाको स्वास्थ्य स्थिती, के भन्छन बरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारी ?