Sorry, that menu does not exist.
 

यातायात व्यवस्था कार्यालयमा दुईपांग्रे सवारीको लाईसेन्स लिनेको चाप बढ्यो !

दुई पांग्रे सवारीेको लाईसेन्सका लागी एकै दिनमा ४७० परीक्षार्थी

राम प्रसाद घिमिरे, बागलुङ २०७६ साउन १२ । यातायात व्यवस्था कार्यालय बागलुङमा दुईपाङ्ग्रे सवारी साधनको सबारी चालक अनुमतिबपत्र (लाईसेन्स) लिने प्रशिक्षार्थी चाप बढ्दो छ ।

साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका चार जिल्लाहरुका लागि केन्द्रित गरि सेवा दिईरहेको कार्यलयमा दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरको लिखित र प्रयोगात्मक परिक्षा हरेक हप्ता सञ्चालन गरिरहेको कार्यालय सूचना अधिकारी राम प्रसाद उपाध्यायले ईबागलुङलाई बताए ।

बागलुङ बजारबाट सेवा दिईरहेको कार्यलय द्वारा हाल दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटर) र कार, तथा चार पाङ्ग्रे ठुला सबारी साधन सँग सम्बन्धित सबारी दर्ता, नविकरण, नामसारी, जाँचपास, बाटो इजाजत (रुट पर्मिट), बाटो इजाजत नविकरण लगायत काम गरिरहेको उपाध्यायले बताए।

म २०७१ साल देखि यसै कार्यलयमा निरन्तर कार्यरत छु, सुरुवाती समयमा सबारी साधनको प्रयोग सामान्य थियो तर आजभोलि सबारी साधनका प्रयोगकर्ताहरु निकै बढेका छन, एकातिर हामीसँग प्राविधिक जनशक्ति पुरानै सङ्ख्यामा छ जसले गर्दा कार्यसञ्चालनमा कठिनाई महसुस भईरहेको छ भने अर्कोतिर उपयुक्त कार्यलय भवन नहुँदा साना कोठाबाट धरै काम गर्नुपर्ने बाध्यता छ, सबारी साधन सम्बन्धि कामगर्ने कार्यलयमा आवश्यक पार्किङ क्षेत्र नहुँदा काम गर्न निकै कठिनाई भईरहेको छ उपाध्यायले भने ।
धेरै राजस्व उठाउने कार्यालय मध्य पर्ने यो यातायात व्यवस्था कार्यालयले आज भन्दा ११ बर्ष अघि अर्थात बिस २०६५ सालदेखि बागलुङबाट सेवा सुरु गरेको कार्यलय सँग आफ्नै भवन छैन भने भाडामा लिईएको भवन समेत उपयुक्त नहुँदा निकै कठिनाईका साथ सेवा दिन बाध्य रहेको कार्यालयका निमित्त कार्यालय प्रमुख रामराज शर्माको भनाई रहेको छ ।

एकै दिनमा मात्रै ४७० जनाले दिएको लाईसेन्सको परिक्षामा १५५ जना उतिर्ण !

हिजो अर्थात साउन ११ गते यातायात व्यवस्था कार्यालयले लिएको दुईपाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरको प्रयोगात्मक (ट्रायल) परिक्षामा एकैदिनमा मात्रै हाल सम्मकै सर्बाधिक ४७० जना परिक्षार्थीले भाग लिएकोमा ३३ प्रतिशत अर्थात जम्मा १५५ जनाले उत्तीर्ण भएका छन् ।

हरेको हप्ताको बिहिवार लिखित परीक्षा कार्यालय सँग उपयुक्त कोठा नहुँदा कार्यलय रहेको भवनको छतमा सञ्चालन हुन्छ भने प्रयोगात्मक (ट्रायल) परीक्षा कार्यलयको प्रयोगात्मक स्थल (ट्रायल स्पोट) कालिगण्डकी नदिको किनार माझी बस्ती नजिकै सञ्चालन हुने गरेको निमित्त प्रमुख शर्माले बताए।

यातायात व्यवस्था कार्यालय बागलुङमा आफ्नै साधनद्वारा प्रयोगात्मक परिक्षा दिन पाईने भएकाले अनेत्र भन्दा सजिलो हुने देलखा जिल्लाको मेलुङ गाउँपालिकाबाट परीक्षा दिन आएका एक सहभागीले बताए ।

आव २०७५/७६ मा झण्डै ९ करोड राजस्व सङ्कलन !
यातायात व्यवस्था कार्यालयले आव २०७५।७६ मा सवारी दर्ता, नविकरण, इजाजत, सवारी चालक अनुमति पत्र दस्तुर, पञ्जिकरण आदि लगायतका शिर्षकहरुबाट एक वर्षमा कुल ८ करोड ८० लाख ८ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत देव शर्माले बताए । शर्माका अनुसार सवारी कर तर्फ ५ करोड ९३ लाख ८६ हजार १ सय ७० रुपैयाँ, सवारि नबिकरणरइजाजत र सवारी चालक अनुमति पत्र दस्तुर तर्फ २ करोड ३४ लाख ६८ हजार ५ सय ३७ रुपैयाँ, यातायात क्षेत्र तर्फ ४८ लाख ८८ हजार ६ सय ६५ रुपैयाँ, पञ्जिकरण शुल्क तर्फ २ लाख ५४ हजार रुपैयाँ र अन्य प्रशासनिक क्षेत्र तर्फबाट १० हजार ५ सय राजस्व संकलन भएको जानकारी दिए ।

विगत ११ बर्ष देखि सेवा सुरुगरेको कार्यलयमा २ पाङ्ग्रे सवारीको मात्र सवारी चालक अनुमति पत्र लाईसेन्स वितरण भईरहेको छ भने ४ पाङ्ग्रे सवारिको सवारि चालक अनुमति पत्र वितरण हुन नसक्दा अनेत्र जान बाध्य रहेको सेवाग्राही बिराट पौडेलले ईबागलुङलाई बताए ।

वार्षिक झण्डौे ९ करोड राजस्व सङ्कलन गर्ने कार्यालयले ४ पाङ्ग्रे सवारिको सवारि चालक अनुमति पत्र वितरण सुरु गर्नुपर्नेमा सबैले माग गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply