Sorry, that menu does not exist.
 

एनआरएनए केन्द्रिय अध्यक्ष पदमा कुल आचार्य र कुमार पन्त बीच प्रतिस्पर्धा हुने ?

लण्डन, २०७६ साउन १२ । पर्वतबाट लण्डनमा गएर व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले अक्टोबर महिनामा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

केन्द्रीय अध्यक्ष भवन भट्टले गत बुधबार एक वक्तव्य दिँदै अबको कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्य नेतृत्वका लागि अघि सर्न लागेका हुन् ।
लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताए ।

एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसँग प्रतिस्पर्धा हुने देखिएको छ । पन्तले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन् । आचार्यलाई प्रजातन्त्रवादी पक्षको सहयोग रहने धेरैको ठम्याइ छ भने पन्तलाई वामपन्थी समूहले साथ दिने आँकलन गरिएको छ ।

एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको बताउँदै आचार्यले अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply