Sorry, that menu does not exist.
 

चितवन सरुवा भएका स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तिवारीको भावपूर्ण बिदाई !

बागलुङ २०७६ साउन १३ । स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीलाई आईतबार एक कार्यक्रमका बिच भावपूर्ण विदाई गरिएको छ ।संघियता लागु भए सँग संमायोजनाबाट सरुवा भै चितवन स्वास्थ्य कार्यालयमा जान लागेका तिवारीलाई जिल्लामा क्रियाशील विभिन्न स्वास्थ्यकर्मीहरुको संगठन,संघ संस्था र कार्यालयले संयुक्त रुपमा विदाई गरेको हो । तिवारी २०७३ साल कात्तिक २९ गते बागलुङ आउनुभएको थियो । २ वर्ष ८ महिना १३ दिनको बसाई पछि सरुवा भएर चितवन जान लागेका हुन ।

तिवारीले बागलुङका दुर्गमका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि निकै महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले बागलुङ जिल्लालाई पुर्ण खोप युक्त जिल्लाको रुपमा घोषणा गर्नका साथै हरेक स्थानिय तहलाई स्वास्थ्य सम्बन्धि निति तथा कार्यक्रम निर्माणका लागि सहजीकरण गरेका िथए । तिवारी बागलुङ रहँदा बनाएको स्वास्थ्यको नमुना निति तथा कार्यक्रम अहिले जिल्ला लगायत देशका विभिन्न स्थानिय तहले लागु गर्दै आएका छन । तिवारी २०७५ मा स्वास्थ्य खबर प्रत्रिकाबाट प्रदान गर्ने स्वास्थ्य खबर अर्वाडबाट सम्मानित भएका थिए ।

तिवारीले बागलुङको पश्चिम बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा सुरक्षित सुत्केरी सेवा सिईओएनसीलाई निरन्तर संचालनका लागि पनि महत्वपुर्ण भुमिका खेलेको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए ।

विदाई कार्यक्रममा बोल्दै तिवारीले जिल्लामा रहँदा हरेक स्थानिय तह सँग सुमधुर सम्बन्ध भएको हुँदा स्वास्थ्य क्षेत्रमा आफुले सोचे अनुसार कामगर्न सहज भएको बताए । आफु बागलुङमा रहँदा हरेक कार्य सम्पादनका कुनै कठिनाई नआएको तिवारीको भनाई थियो ।

कार्यक्रममा निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, धौलागिरी अञ्चल अस्पतालका शाखा अधिकृत मुकुन्द्र प्रसाद आचार्य, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका उपाध्यक्ष देवप्रकाश घिमिरे, अञ्चल अस्पतालका मेडिकल रेकर्डर अधिकृत तिर्थराज गौतम, स्वास्थ्य प्राविधिक संघ बागलुङका अध्यक्ष सोमराज पाण्डेय, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बागलुङका अध्यक्ष नारायण प्रसाद पौडेल, हेल्थ असिष्टेण्ट एसोसियसन अफ नेपाल बागलुङका उपाध्यक्ष ऋषिराम शर्मा लगायतले बागलुङमा तिवारीले गरेको स्वास्थ्य सेवाको योगदानको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका लेखा अधिकृत सुरेन्द्रजंग राजभण्डारीको अध्यक्षता सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply