Sorry, that menu does not exist.
 

संस्थालाई जीवन्त बनाउनका लागि योजना निर्माण आवश्यक–पोखरल

बागलुङ २०७६ साउन १४ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरलले सवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो ४ वर्षिय व्यवसायीक रणनैतीक योजना तर्जुमा गोष्ठि निर्माणका लागि आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कुनै पनि संघ संस्था तथा कम्पनीहरुलाई जिवन्त सञ्चालनका लागि कुनै पनी संघ संस्थाहरु अग्लो मात्र हुनुले त्यती धैरै महत्व नराख्ने धारण राख्दै संघ संस्थाहरु दिगो र गुणस्तरयुक्त हुनका लागि जराहरु बलीयो र फैलीयका हुनुपर्ने बताए । सिवाईसीले छोटो समयमा हाँसील गरेका उपलब्धीहरु प्रशंसनीय रहेको बताउदै पोखरलले सिवाईसीका लागि अवको समय गुणस्तर र संस्थाको दिगोपनामा ध्यान दिनुपर्ने समय रहेको भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, सञ्चालक शिलशिला के.सी, हटिया सेवाकेन्द्रका संयोजक रामवहादुर खत्री लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाले यस पूर्व आर्थिक वर्ष ०७५।०७६ सम्मका लागि आफ्नो कारोवार १ अर्व ५ करोड बनाउने गरी आफ्नो त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना तयार गरेको थियो । उक्त योजनाको समय समाप्त भएसंगै संस्थाले अवको ४ वर्षका लागि नयाँ योजना बनाउनका लागि ३ दिने व्यवसायीक योजना तर्जुमा गोष्ठि अयोजना गरेको हो । गेष्ठिमा संस्थाका सञ्चालक समिति, उपसमिति, सदस्य सेवा केन्द्रका संयोजक र व्यवस्थापन टिमको सहभागिता रहेको छ ।

गोष्ठिको उद्घाटन सत्र संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता सञ्चालक सीता सापकोटाको स्वागत र सह–सचिव तारावहादुर वि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply