हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ साउन १४ । ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख (प्रहरी निरीक्षक) ओम प्रकाश यादव र प्रहरी सहायक निरीक्षक लक्ष्मण रिजाललाइ आज एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
बुर्तिबाङ राइजिङ युवा क्लबले आयोजना गरेको विदाई कार्यक्रममा बक्ताहरुले यादब र रिजालले यस क्षेत्रमा गरेको योगदानको दिल खोलेर प्रशंसा गरेका थिए ।
झन्डै दुइ बर्ष बुर्तिबाङमा प्रहरी प्रमुखको रुपमा रहेका यादव एक ईमान्दार, कर्तब्यनिष्ठ र जनताको सहयोगी पात्र रहेको चर्चा गर्दै उनिहरुले यस क्षेत्रका विकास र सामाजिक सेवामा पु¥याएको योगदानको सदैव प्रशंसा भैरहने बताएका थिए । कर्मचारी समायोजन सँगै प्रहरी निरीक्षक यादव बुटवल र प्रहरी सहायक निरिक्षक रिजाल हेटौडा सरुवा भएका हुन ।
आम नागरिकको साथ र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको जनाउँदै प्रहरी निरीक्षक यादवले आफु सरुवा भएर जान लागेको ठाउँमा पनि उत्कृष्ट सेवागर्ने प्रतिवद्धता जनाए । उनले भौगोलिक हिसाबले पश्चिम क्षेत्र दुर्गम रहेतापनि यहाँका जनता सक्रिय रहेको, कुनै पनि पार्टीको दबाब सिर्जना नभएको, हरेक समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि, बुद्धिजिबी , राजनैनिक दलहरुसँग सहकार्य गरेर अगाडि बढेकाले यस क्षेत्रमा काम गर्न सहजता भएको बताए ।
बिदाई कार्यक्रम क्लबका अध्यक्ष यामु पौबीको अध्यक्षता उपाध्यक्ष मनकुमारी गैरेको स्वागत तथा मिनु बि.सिको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच आज इलाका प्रहरी कार्यलय बुर्तिबाङले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा ढोरपाटन नगरपालिकाको बोबाङ बाट ल्याउदै गरेको अबैध घरेलु मदिरा, जाँड र मदिरा बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।
प्रहरीले बरामद गरिएको ५० लिटर मदिरा, २ क्विनटल मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ औषधि अर्थात मर्चा बरामद गरि आज नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरीक्षक ओम प्रकास यादवले जानकारी दिए ।
मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रणका लागि पनि मदिरा नियन्त्रण गरी बरामद गरिएको उहाँको भनाई छ । उहाँले सभ्य र शान्त समाज निर्माण सँगै हरेक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरीको दायित्व भएको बताउनुभयो । अबैध मदिरालाई प्रहरी, जनप्रतिनिधि, बुद्धिजिबी, पत्रकारको रोहवरमा नष्ट गरिएको हो ।
नवागन्तुक प्रहरी निरीक्षकको स्वागत : बुर्तिवाङ अब मेरो आफ्नो घर – प्रनि यादव