Sorry, that menu does not exist.
 

पाण्डबखानीमा एक दिने नि.शुल्क आँखा शिविर सम्पन्न : १२५ जना लाभान्वित !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ साउन १६ । बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने नि.शुल्क आँखा शिविर सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयकाे अायाेजना र नेपाल नेत्र ज्याेति संघ जिल्ला शाखा बागलुङको प्राविधिक सहयोगमा संञ्चालन भएको शिविरमा ८९ वर्षय वयोवृद्ध सशिराम श्रीसबाट अाखाँकाे चेक गरिएको थियाे।

उक्त शिविर कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती,वडा सचिव भिम घर्ती, समाजसेवी मानसिंह छन्त्याल,नेपाल नेत्र ज्याेति संघका सभापति भरत पुरी,संघका काेषाध्यक्ष लक्ष्मण प्रसाद शर्मा,वडा नम्बर ५ का अध्यक्ष नारायण ध्वज मल्म,नेत्र विशेष्य पेकज चाैतरी,नेत्र संघका विक्रम श्रेष्ठ पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे थियाे।

शिविर कार्यक्रममा वयोवृद्ध,विद्यार्थी लगाएत गरि १२५ जनाले आँखाकाे चेक गराएका छन्। अस्पताल उपल्लाचाैर बागलुङमा अाखाँकाे सबै किसिमका सेवाहरु सुचारु रुपले संचालन भइरहेकाले आँखाका सबै किसिमका राेगीहरुले सम्पर्क राखि फाइदा उठाउनुहुन जानकारी गराइन्छ हरेक महिनाकाे २६ र २७ गते मनाेयाविन्दुकाे अपरेशन गरिने संघका काेषाअध्यक्ष लक्ष्मण प्रसाद शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply