बागलुङ २०७६ साउन १७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आर्थिक वर्ष ०७८।०७९ सम्म आफ्नो सम्पत्ती ३ अर्व पु-याउने गरी आफ्नो ४ वर्षे व्यवसायीक रणनैतीक योजना तर्जुमा गरेको छ ।
बागलुङ बजारको होटल दि राजनमा सञ्चालती ३ दिने व्यवसायीक रणनैतीक योजना तर्जुमा गोष्ठि समापनका क्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाले आर्थिक वर्ष ०७८।०७९ सम्म संस्थाको कुल सम्पत्ती ३ अर्व पु¥याउने लक्ष्य सहितको विवरण प्रस्तुत गरेका थिए ।
संस्थाले ०७८।०७९ सम्ममा २५ हजार ५ सय १६ जना शेयर सदस्य, ३१ करोयड ५० लाख बराबरको शेयर पुँजी, २ अर्व १६ करोड बचत संकलन, २ अर्व ३७ करोड लगानीमा रहिरहेको ऋण, १६ करोड ७७ लाख संस्थागत पुँजी, १६ वटा कार्यालय र ६९ जना पूर्णकालीन कर्मचारी रहने गरी योजना तर्जुमा गरेको आँकाडा पौडेलले प्रस्तुत गरेको आँकडामा उल्लेख छ ।
संस्थाले यस अवधिमा आफ्नो कार्यक्षेत्रलाई गण्डकी प्रदेशभर विस्तार गर्ने, सदस्यहरुका आवश्यकतामा आधारीत गुणस्तरीय कार्यक्रम तथा सेवाहरु सञ्चालन गर्ने, संस्था मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, ४०० जना सदस्यहरुलाई उद्यमी बनाउने, ऋण लगानीमा विशेष ध्यान दिई सुरक्षीत लगानी गर्ने, कार्यालय रहेका वडाहरुमा ८० प्रतिशत कभरेज गर्ने, सदस्यहरुको वित्तीय तथा गैर वित्तीय पहुँचका लागि घुम्ती सेवाहरु सञ्चालन गर्ने, सदयहरुलाई सहकारी शिक्षा, वित्तीय साक्षरता, कानुनी शिक्षा, ऋण शिक्षा प्रदान गर्ने लगाएतका कार्यहरु गर्ने गरी योजनामा समावेश गरेको छ ।
संस्थाका सञ्चालक समिति, उपसमिति, सदस्य सेवाकेन्द्रका संयोजक र व्यवस्थापन टिमको सहभागिता र नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलको सहजीकरणमा संस्थाले आफ्नो ४ वर्षे योजना निर्माण गरेको हो ।