Sorry, that menu does not exist.
 

जापानमा रहेका गल्कोटे युवाहरुले भूकम्प पीडित सुवर्ण बिकलाई दिए ३ लाख ३८ हजार सहयोग !

होम बी सी, गल्कोट २०७६ साउन १७ । बिदेशमा आफ्नो कार्य ब्यस्तताको कारण पनि गल्कोटे युवाहरुलाई समाज सेवा मोह जागेको छ । गल्कोटे युवाहरुले जापान जस्तो ब्यस्त शहरमा बसेर पनि मानवको सहारा मानव बन्नु पर्छ भनी गल्कोटे युवाहरुले समाज सेवा प्रती आकर्षित भएका छ्न ।

जो होँचो उसैको मुखमा घोँचो भने जस्तै गरिब दलित तथा शरीरिक अपाङ्ग गल्कोट नगरपालिका २ जस्कुर बस्ने सुवर्ण बिकको घर २०७२ बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले भत्काई दिए पछि एउटा सानो छाप्रो हालेर बस्दै आएका थिए । सुवर्ण बिकले घर बनाउनका लागी सरकारबाट पहिलो किस्ता पनि लिए तर विभिन्न झन्झटका कारण घर बनाउन नसकेका सुवर्ण बिकलाई अहिले जापानमा कार्यरत युवा अर्जुन के सी, रमेश खत्री, रेशम सुनार , मिलन के सी, वीर सुनार, चन्द्र खत्री पहलमा घर बनाउनको लागी रु ३ लाख ३७ हजार ९ सय ५० संकलन गरि नेपालमा पठाई दिएका छन । सुवर्ण बिक शारीरिक रुपमा अपाङ्गका कारण उनी छिमेकी पुर्ण बहादुर बिकलाई एक सानो कार्यक्रम गरि रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै पुर्ण बहादुर बिकले मैले बुझेको यो रकम ईमान्दारिता साथ घरमा लागेको ढुङ्गा ,काठ तथा काम गर्ने कर्मीहरुलाई लागेको ज्याला दिने छु । बाँकी बचेको पैसा घर धनी सुवर्ण बिकलाई जिम्मा दिने छु । म एउटा असल छिमेकी हुनुको नाताले यतिनै गर्न सक्छु । भबिष्यमा पनि भैइ परि आएका समस्याहरुलाई यसरी साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु ।

कार्यक्रममा बुल बहादुर के सीले रकम हस्तान्तर गरेका थिए भने अन्य सहभागीहरुले मन्तव्य व्यक्त गर्दै जापानमा कार्यरत युवाहरुले गरेको काम प्रती निकै प्रभावित भएर प्रशंसा गरेका थिए ।

कार्यक्रममा बुल बहादुर केसी, चिन्ता बहादुर नेपाली, टिका गौतम, सिंह बहादुर सुनार लगायत निकै बाक्लो उपस्थित थियो ।

यस कामले स्थानीयहरुलाई अतिनै प्रभावित बनाएको छ । हाम्रो नेपाली समाजमा रहेको जातीय छुवाछूत जस्तो कलंक पनि युवाहरु चाहने हो भने न्यूनीकरण गर्न सकिछ । यस्ता कुसंस्कार कुरुती अन्दाविश्वासलाई जरैबाट उखलेर फल्नु सकिन्छ भन्ने उदाहरण पनि दिएका छ्न, त्यो गर्नु युवाहरुको दायित्व र कर्तव्य पनि हो ।
सहयोगदाताहरुको नामावली:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply