Sorry, that menu does not exist.
 

बागलुङमा वित्तीय साक्षरता सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम सुरु !

बागलुङ २०७६ साउन १८ । चारतारे युवा क्लव सिवाईसी नेपालको आयोजना, मुक्तिनाथ विकास बैंक लिमिटेड केन्द्रिय कार्यालय काठ्माण्डौको सहयोग र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको समन्वयमा शुक्रबारदेखि बागलुङ बजारमा ३ दिने वित्तीय साक्षरता सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिमको सुरुवात भएको छ ।
जिल्ला स्तरमै वित्तीय साक्षरता सम्वन्धि प्रशिक्षक तयार पार्ने उद्देश्य सञ्चालन गरिएको तालिमको उद्घाटन सत्रलाई नेफ्स्कूनका सञ्चालक एवं सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

उद्घाटनका क्रममा पौडेलले आर्थिक रुपमा आत्मनिर्भर हुनका लागि वित्तीय साक्षरता अत्यावश्यक रहेको बताए । आफुसंग भएको पैसालाई सही सदुपयोग गर्नका लागि पनी सबैखालका व्यक्तिहरुका लागि वित्तीय रुपमा साक्षर हुनु आवश्यक रहेको पौडेलको भनाई थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सचिव ऋषीराम गौतम, तालिमका प्रशिक्षक प्रकाश कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला स्थित विभिन्न संघ संस्थाका ४० जनाको सहभागिता रहेको कार्यक्रमको उद्देश्य माथि मुक्तिनाथ विकास बैंक लि. पोखराका अनुगमन अधिकृत नगेन्द्रराज पौडेलले प्रकाश पारेका थिए ।

कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाईसी नेपालका सञ्चालक सीता शर्माको स्वागत र सिवाईसी साकोस सदस्य सेवाकेन्द्र बाटाकाचौरका संयोजक मदन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply