Sorry, that menu does not exist.
 

काँडेबास सेवा समाज जापानले दियो मृतक सीताका परिवारलाई रु ६ लाखबढी सहयोग !

मित्रलाल खरेल, गल्कोट २०७६ साउन १८ । पहिरोमा परेर अल्पायुमै ज्यान गुमाएकी काँडेबासकी सीता गौतमका परिवारलाई विभिन्न निकाय र संस्थाहरुबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।

आज मात्रै काँडेबास सेवा समाज जापान व्दारा जापानमा संकलित रकम रु ६ लाख १२ हजार रुपयाँ एक कार्यक्रमका वीच कार्यक्रमका प्रमुख अतिथी एवं गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे तथा संकलित रकम व्यवस्थापन समितिका संयोजक मणिभद्र चालिसेले संयुक्त रुपमा मृतककी आमा मनकुमारी उपाध्याय, दाजु पिताम्वर गौतम र रमेश गौतमलाई हस्तान्तर गरेका छन् ।

जापानमा संकलित सहयोग रकमको व्यवस्थापन गर्न काँडेबास सेवा समाज जापानले मणिभद्र चालिसेको संयोजकत्वमा शिव माबिका प्रधानाध्यापक हरि चालिसे र जनजागृति माविका प्रधानाध्यापक तेजिन्द्र बुढा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

स्मरणीय छ, गत साउन ७ गते बिहान ६.३० बजेको समयमा गोठमा भैँसीको दुध दुहिरहेको अवस्थामा एक्कासी माथीबाट पहिरो खसी गोठ भत्किदा पुरिएर गल्कोट नगरपालिका वडा नं ८ काँडेवासकी १७ वर्षिया सीता गौतम घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक गौतमका परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङकाट राहत रकम रु १ लाख गत साउन ८ गते मृतकका दाजु पिताम्बर गौतमलाई हस्तान्तरण गरिएको थियो भने गल्कोट नगरपालिकाका तर्फबाट साउन ७ गते घटना भएकै दिन तत्कालिन उद्दार कार्यको लागि रु २००००/- र नबौ दिनका दिन साउन १६ गते गल्कोट उधोग बाणिज्य संघ गल्कोटले रो १५०००/- हजार राहत हस्तान्तरण गरेको थियो भने बेलायतमा बस्दै आएका यामबहादुर थापाका परिवारले पठाएको रु १३ हजार रुपया सहयोग उद्योग बाणिज्य संघ गल्कोट ईकाईका बरिष्ठ उपाध्यक्ष ढालिन्द्र गौतमले हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तर कार्यक्रमको अध्यक्षता संयोजक मणिभद्र चालिसेको थियो भने कार्यक्रम संचालन ढालिन्द्र गौतमले गरेका थिए ।
तस्वीर सौजन्य : ढालिन्द्र गौतम ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply