Sorry, that menu does not exist.
 

सडक मर्मत र नाली व्यवस्थापन पछि सवारी र यात्रुलाई सहज

थम्मन थापा संदेश, गल्काेट २०७६ साउन १९ । निरन्तरको वर्षा सॅगै अहिले ग्रामीण सडकहरुमा पहिरो खस्ने र सडक खाल्डा खुल्डी परेका छन । भलले नाली पुरेपछि कच्ची सडकमा भल बगेर खाल्डा खुल्डी बढेपछि दुर्घटनाको जोखिम बढन थालेको भन्दै सडक मर्मत गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ ले ठाडोओडार देखि वडा नं ७ मल्म विशारेडाॅडा सम्मको झण्डै ३ सय मिटर सडक मर्मत गरेको हो ।

मध्यपहाडी लोकमार्गको जिरो किमी सुरु भए सॅगै मुख्य नाकाको नाली बिग्रेर सडकमा पानी तथा भल हिडन थालेपछि सडक मर्मत गरिएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । मल्म देखि पाण्डवखानी हुॅदै बडीगाड गाउॅपालिका वडा नं ८ रणसिंहकिटेनी जोडने यस सडकमा दैनिक सयौं गाडी ओहोर दोहोर गर्ने गर्दछन । निरन्तर वर्षा सॅगै मल्म विशारेडाॅडामा खसेको पहिरो समेत हटाईएको छ । पहिरोले साॅघुरो भएको सडक पहिरो पन्छाएपछि अहिले फराकिलो बनेको छ । अहिले विशारेडाॅडा देखि ठाडोओडार सम्म पुन: नाली व्यवस्थापन, खाल्डा खुल्डीमा गिट्टी बालुवा सहितको रोडा प्रयोग गरि सडक मर्मत गरे सॅगै यातायात आवतजावतमा सहज भएको छ । सडक मर्मत पश्चात अहिले सवारी साधन र पैदल यात्रीलाई ओहोर दोहोर गर्न सजिलो हुनुका साथै दुर्घटनाको जोखिम समेत कम भएको छ । त्यस्तै मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक अन्तर्गत ओदाह, ज्यामिरे खोला, फलाटे खोला, फेदी र भोर्लेनीमा समेत सडक मर्मत गरिएको छ । वर्षा सॅगैको भल र खोलाले सडक कटान गरेपछि यि स्थानहरुमा सवारी साधनले सास्ती खेप्दै आईरहेका थिए । सडक मर्मत गरे पछि अहिले यात्रु र गाडी चालक खुसी भएका छन ।

यता सामाजिक संस्था घुम्टे युवा परिवारको सकृयतामा मल्म पाण्डवखानी सडक अन्तर्गत सानोखोलामा गएको पहिरो हटाईएको छ । अविरल वर्षा पछि रुख सहित झरेको पहिरोले सडक साँघुरो भएपछि गाडीहरुलाई आवत जावत गर्न समस्या परेको थियो । परिवारमा आवद्व सदस्यहरु भुमिराज थापा, मिन थापा, किसान केसी, अमृत थापाको सकृयतामा उक्त कार्य सम्पन्न गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए। वडा सरकारको समन्वयमा पहिरो हटाईएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । संस्थाले समय समयमा स्थानिय स्तरमा सामाजिक कृयाकलापहरुमा सकृय रुपमा सहभागिता जनाउँदै आईरहेको सदस्य भुमिराज थापाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply