Sorry, that menu does not exist.
 

अपडेट : तुरतुरेतालको ६० प्रतिशत पानी घट्यो, मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगेपछी आवागमन ठप्प !(तस्वीर)

कमल पौडेल, खर्वाङ २०७६ साउन २० । अहिले बिहान ६.२५ बजे, तुरतुरे तालको झण्डै ६० प्रतिशत पानी बग्यो । , ताल निजकै मध्यपहाडी लोकमार्गको २ सय मिटर भाग बगेको छ ।, मध्यपहाडी लोकमार्ग पूर्ण अवरूद्ध बनेको छ । बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी सहितको टोली घटना स्थलमा पुगेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीसंग सम्पर्क गर्दा राति देखिनै तुरतुरेतालको पानी बग्न सुरु गरेकोले त्यस तल रहेका बस्तीहरुलाई खतरा नदेखिएपनि सतर्क रहन जरुरी रहेको बताए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ, उनले भने मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख ईन्जिनियर काठमाडौँ जानु भएको रहेछ, लोकमार्ग सन्चालन गर्न र तुरतुरेतालबाट मानवबस्ती जोगाउन सतर्कता अपनाईने छ ।

यस्तोछ, मध्यपहाडी लोकमार्गको दुर्दशा …!

बुर्तिवाङबाट सहकर्मी राजु आचार्यले प्रेषित गरेका बडीगाड खोला र लोकमार्गको तस्वीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply