Sorry, that menu does not exist.
 

आजको तस्वीर : गौरीधाममा सेल्फी !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन २० । आज साउन महिनाको तेश्रो सोमबार बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित गौरीधाम शिवालय लगायत कालिका भगवती मन्दिर, म्याग्दीको गलेश्वर शिवालय, पर्वतको खनियावास थित शिवालय, पर्वत कुस्मा स्थित गुप्तेश्वर महादेव मन्दिरहरुमा श्रद्धालुहरुको बाख्लो उपस्थिति रहेको छ । श्रद्धालुहरुले भगवान शिवको पूजा अराधना गरिरहेका छन् ।

बागलुङ सदरमुकाममा रहेको गौरीधाम शिवालय उपल्लाचौरमा आज श्रद्धालुहरुको चहल पहल अघिल्ला सोमबारहरु भन्दा केहि कम देखिएपनि सेल्फी लिने युवा युवतीहरुभने निकै उत्साहित देखिन्थे ।

हिन्दु धर्मावलम्वीहरुमा साउन महिनाको सोमबारले विशेष महत्व राख्दछ । सोमबार चन्द्र ग्रहको दिन मानिन्छ र चन्द्रमाको नियन्त्रक भगवान शिव मानिन्छ । त्यसैले आज पूजादि गर्नाले भगवान शिवको कृपा मिल्छ भन्ने मान्यता रहि आएको छ । साउन महिनाको प्रत्यक सोमवार विधिपूर्वक भगवान शिवको पूजा अराधना गरेमा रोगव्याध लगायतका अन्य बाधाहरुबाट पार पाउने विश्वासका साथ श्रयद्धालुहरुले शिव मन्दिरहरुमा पूजार्चना गर्दछन । साउन महिनामा पर्ने सोमवारहरुमा विवाह तथा सन्तानको समस्याहरुबाट पार पाउनका लागी भगवान शिवको पूजा पाठ गरिदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply