Sorry, that menu does not exist.
 

पहिरोमा गम्भीर घाईतेलाई पोखरा लगियो, मृतकका परिवारलाई राहत रकम वितरण !

बागलुङ २०७६ साउन २० । हिँजो राति गएको पहिरोले तमानखोला गाउपालिका ४ लाम्मेलाका ५ घर पुरिदा ३ जनाको मृत्यु भएको र ७ जना घाईते मध्य गम्भीर अवस्थाका ३ जनालाई हेलिकप्टरव्दारा गण्डकी क्षत्रीय अस्पताल पोखरा पुराएर उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । दुर्घटनामा घाइते मध्ये उमबहादुर सिर्पाली, रामबहादुर सिर्पाली र अनिल सिर्पालीलाई स्थानीय स्वास्थ्य सँस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि पोखरा रिफर गरीएको हो ।

विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ क्षत्रीले प्रत्यक मृतकका परिवारलाई सरकारका तर्फबाट प्रदान गरिने रु १ लाखका दरले रु ३ लाख आजै ईलाका प्रशासन कार्यालयका नासु लोकबहादुर कुँवर घटनास्थलमा पुगी वितरण गरिएको पनि जानकारी दिए । पहिरोले भत्काएका ५ घरका परिवारलाई प्रति घर रु १० हजारका दरले राहत रकम आजै प्रदान गरिएको प्रजिअ क्षत्रीले बताए ।

पहिरोमा परी घर भत्किएर घरबारबिहीन भएका २१ जनालाई तामान खोला गाउपालिकाले गाउँकै आसपाासमा राखी खानपिनको आवश्यक व्यवस्था मिलाएको प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद पौडेलले ईबागलुङलाई बताए ।

पीडितहरुलाई तस्काल राहत रकम उपलव्ध गराउन ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक रितुवर्ण पौडेलले रकम उपलव्ध गराएका थिए भने जिल्ला प्रशासन कार्यालय बागलुङबाट पौडेलको खातामा रकम पठाएको थियो ।

संघीय सांसद देवेन्द्र पौडेल हेलिकप्टरमा घटनास्थलमा आएर पीडितहरुको अवस्थामा र घटनाको जानकारी लिएका थिए ।

पहिरो गएको जानकारी पाउदा साथै प्रहरी टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा उद्धार कार्यगरेको थियो भने बुर्तिवाङ प्राथमिक केन्द्र डा कृष्णहरि श्रेष्ठको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले लाममेला सामुदायिक स्वास्थ्य केन्द्रमा मृतकहरुको शवको पोष्टमार्टम गरेको थियो ।

घाईते चार जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

तस्वीर सौजन्य : विमल खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply