छविलाल पाण्डे, बुर्तिवाङ २०७६ साउन २० । बडीगाड खोलामा आएको बाढीले बागलुङ –बुर्तिबाङ, बुर्तिबाङ –बुटवल सिधा सवारीका साधन तथा यात्रुहरुलाई समेत आवतजावत गर्न नमिल्ने गरी २ सय मिटर जति मध्यपहाडी लोकमार्ग कटान गरेकाले भिङगिठेबाट बुर्तिवाङ जाने बैकल्पिक मार्गबारे छलफल सुरु भएको छ ।
मध्यपहाडी लोकमार्ग सिधा सञ्चानल हुन केहि दिन लाग्ने भएकाले बैकल्पिक मार्गको रुपमा रहेको भिमगिठे , राजकुत देविस्थान हुँदै बुर्तिबाङको टारिखेत जोडिने सडक समेत बर्षातका कारण बारम्बर पहिरो खस्ने र हिलाम्मे हुँदा त्यति प्रभाबकारी बन्ने स्थितिमा देखिदैन ।
तुरतुर ताल फुटाएर गएको पानीको बहाब नदीमा घटेसँगै अस्थाई सडक सञ्चालनमा ल्याउन सकिने सम्भाबना छ । यस बिषयमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर अर्जुन गौतम, किरण श्रेष्ठ सहित ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली , बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजा लगाएतको टोलीविच आज सडक खुलाउने बिषयमा छलफल भएपनी अन्तिम टुँगोमा पुग्न भने सकेन ।
हाललाई मध्यपहाडी लोकमार्ग खुलाउन सक्ने अवस्था नरहेका कारण मालारानी सडक वा राजकुत सडक कुन ट्याक खुलाउने भन्ने बिषयमा छलफल भएका कारण चाँडै निस्कर्षमा पुगिने इन्जिनीयर अर्जुन गौतमको भनाई छ । यस्तो अवस्थामा स्थानीय पालिका सहित सम्बन्धित निकायको चाँडो ध्यान जान जरुरी छ ।