मित्रलाल खरेल, गल्कोट २०७६ साउन २१ । हिँजो बिहान मात्रै अबिरल वर्षाका कारण बडीगाड खोलामा आएको बाढीले बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको दोसाँधमा रहेको तुरतुरे ताल फुटेपछी करीब २ सय मिटर मध्यपहाडी लोकमार्ग भत्किएर निसीभूजी क्षेत्रसंग सडक यातायातको सम्पर्क विच्छेद हुन पुगेको अवस्थामा आज विहान ५ बजेको समयमा गल्कोट नगरपालिका ११ रिघा फेँदीमा पहिरो गएर मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । काठमाडा, बुटवल, पाल्पा, बागलुङ तिरबाट जाने र खर्वाङ तिरबाट आउने सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
मध्यपहाडी लोकमार्गको विभिन्न खण्डहरु पहिरोले क्षेतविक्षेत पारेको छ । उता बुर्तिवाङ देखी निसीखोला रुकुम खण्डपनि पहिराले सवारी सन्चालनमा बाधा परेको समाचार प्राप्त भएको छ ।
पहिरोका कारण लोकमार्ग भत्किएर सवारी आवत जावत र यात्रुहरुलाई गन्तव्यमा पुग्न असुविधा व्यहोर्नु परेपनि मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड हेर्ने प्राविधिकहरुले ध्यान नदिँदा यात्रुहरुले यस वर्षातमा नपाउने दु:ख पाई रहेका छन् ।
One Comment