निर्मल पौडेल, पर्वत २०७६ साउन २१ । कुस्मा नगरपालिका १ पाङ इन्द्रवस्ती भन्दा माथी ततरकोट पत्थरखोला सिँचाई आयोजनाको कामलाई तिव्र रुपमा अगाडी वढाउन अनुरोध गरिएको छ । विकासे आयोजना अन्तर्गत क्र्रमागत रुपमा आर्थिक वर्ष २०७५— ०७६ अन्र्तगत केन्द्र सरकारको ८ लाख ४६ हजार र स्थानियको करिव ३० लाखको लागत स्टमेटमा निर्माणाधीन सिँचाई आयोजना तोकिएकै मितीमा सम्पन्न हुने भएको हो ।
८१ हेक्टर भन्दा वढी जमिनमा सिँचाईको पहुँच पुग्ने गरी निर्माणधीन आयोजनाको अवलोकनको क्रममा समयमानै सम्पन्न गर्ने कुराको जानकारी गराईएको हो ।
आज नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी सहितको एक टोलीले उक्त आयोजनाको अवलोकन गरेको हो । अवलोकनको क्रममा वोल्दै अध्यक्ष गिरीले निर्माणधिन आयोजना लाई प्रत्यक्ष निगरानीमा संगै पहिलो प्राथामिकतामा राखी समयमानै सम्पन्न गर्न आग्रह गरेका छन् । समृद्ध कुस्मा सुखी कुस्मावासीको अभियानमा सकृय युवानेता गिरीले नगरमा रफ्तार विकास र समृद्धी हुनुपर्ने कुरामा जोड दिँदै दीर्घकालिन योजनाका साथ नेकपा सरकार अगाडी वढिरहेको समेत वताए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र प्रतिनिधी सभाका सांसद पदम गिरीको विशेष पहलमा उक्त आयोजनालाई अगाडी वढाईएको भन्दै निर्माण पश्चात मोहनी लाग्ने पाङमा कृषीमा नव क्रान्ति हुनेमा आफू ढुक्क भएको समेत वताए ।
पाङमा मात्र नभएर समग्र कुस्माका हरेक वार्डहरुका विकासे आयोजनालाई समयमानै गुणस्तरिय रुपमा सम्पन्न गर्नका लागि आँफू हरपल निरिक्षण र अनुगमनमा रहेको समेत जानकारी गिरीले गराएका थिए ।
अनुगमनको क्रममा स्थानियसंग वडा अध्यक्ष देवेन्द्र सुवेदीले पहिले पनी उक्त आयोजनामा वजेट पर्ने तर काम नहुने गरेकोमा दुख व्यक्त गर्दै तोकिएको समयमा स्टमेट अनुसार सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरे ।
अनुगमनमा पत्थर खोला सिँचाई आयोजनाका उपभोक्ता समितीका अध्यक्ष छवीराज सुवेदी, सिँचाई इन्जिनियर शिवराज थापा लगायत अन्य लक्षित स्थानिय उपभोक्ताको उपस्थिती रहेको थियो ।