सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी २०७६ साउन २१ । गल्कोट नगरपालिका १० पाण्डबखानीको रमुवा हुँदै बडीगाड गाउँपालिकाको खोलाखर्क जोड्ने मोटरबाटो पहिरोले अवरुद्ध बनेको छ ।
अस्ति अविरल वर्षाका कारण पाण्डबखानीको रमुवा हुँदै खोलाखर्क जोडने मोटरबाटो हुल्से भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले बाटो अवरुद्ध हुदा यात्रुहरुलाइ यात्रा गर्न निकै सास्ती भएको छ । पहिरो अन्दाजी २० मिटर तल खसेको पाण्डबखानी माविका निमित्त प्रअ नन्द पुनले जानकारी दिए ।
त्यस्तै गलकोट नगरपालिका ७ मल्म हुँदै गल्कोट नगरपालिका १० पाण्डबखानीको सोरमने,पुर्से र सुनपानीको बाटो विच९ विच र विभिन्न स्थानमा साना तथा ठुला पहिरोले जादा जोखिमपुर्ण यात्रा गर्नु परेको यात्रु तथा सवारी चालकहरु बताउँछन् । त्यस्तै मोटर बाटो मर्मत गर्नका लागि भनेर रकम आउछ तर बाटो मर्मत हुदैन । त्यो रकम कहाँ जान्छ हामीलाई थाहनै हुदैन भन्ने स्थानीयहरुको भनाइ रहेको छ। विशेषगरी मुख्ने नाका मल्ममा नै बाटो मर्मत भएको छैन । मल्मका बासिन्दाहरुले बाटो मर्मत गर्न साथ यात्रा गर्न सहज हुने दिप घर्तीले बताए।
मल्मको बाटो मर्मत हुँदा साथ पाण्डबखानीमा ट्याक्सी, बस समेत आउन सक्ने घर्तीको भनाइ रहेको छ।
4 Comments