प्रकाश छन्त्याल बरेङ २०७६ साउन २१ । जैमिनी नगरपालिका वडा नं १० राङखानी किटेनीको जनता प्राथमिक विद्यालय पहिरोको चपेटोमा परेको छ । स्थानिय सरकारको स्थापना पश्चात बिस्तारित मोटर बाटोका कारण बिभिन्न ठाँउहरुमा यो सास्ती खेप्नु परेको छ । गत बर्ष नगरपालिकाको मोटर बाटो बिस्तार गर्ने बाटो बिकाश योजना अनुसार जैमिनी नगरपालिका देखी बरेङ गाँउपालिका जोडने मोटर बाटो किटेनी देखी बिस्तार गरिएको थियो । बिस्तारित बाटो जनता प्राथमिक विद्यालयको माथिल्लो क्षेत्र र अनेक घुम्तीहरुको कटानको बिचमा बिद्यालय परेको थियो । यस बर्षको अबिरल बर्षको कारण बिधालयको माथिल्लो क्षेत्र देखी पहिरो खस्ने र तल्लो क्षेत्र देखी पहिरोले तान्ने क्रम बढ्दो रहेको कारण पठन पाठनमा समस्या भएको छ ।
गत बर्ष बिद्यालयको ३ वटा भवन मध्ये एउटा भवन पहिरोले पुरे पछि राष्ट्रिय पुननिर्माण बागलुङको सहयोगमा २ कोठे ट्रस्ट बिद्यालय पुरिएको भवन फाली पुनःनिर्माण गरिएको भएता पनि मोटर बाटोमा पहिरो खस्ने क्रम यथावत रहे पछि बिद्यालय संचालनमा समस्या आएको प्रधानाध्यापक कृष्णा श्रीसले बताए ।
गत बर्षको पहिरोले बिद्यालय पुरे पछि बिभिन्न संघ सस्थामा हारगुहार गरि निर्माण गरिएको भवन पनि फेरी पहिरोले पुरिने अवस्था आएपछि अर्को बिकल्प के सोच्ने ? बिद्यार्थीको पठन पाठनलाई कसरी र कहाँ संचालन गर्ने भन्ने चुनौती थपिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रकाश छन्त्यालले बताए ।
रेड स्टार निर्माण सेवा प्रा।लि।ले अहिले भरखर निर्माण गरेको ट्रस्ट २ कोठे भवन किटेनी गाँउको सुरक्षित सार्बजानिक ठाउमा निर्माण गरेको भए पनि यो समस्या नआउने र केहि समय कष्टकर अवस्थामा पनि पठनपाठन गराउन मिल्ने अध्यक्ष छन्त्यालको भनाई छ । मोटरबाटोको बिस्तारसंगै जाडिएको बिकासले अहिले न मोटर बाटो रहयो,न बिद्यालय रहने अवस्था रहयो न त योजनाको बजटको नै सदुपयोग भयो । यसरी बिकासका योजना लिंदा समिती र प्राबिधिक बिचको सहकार्य फितलो देखिएको छ । अहिले बिद्यालयमा आउने जाने गोरेटोबाटोले समेत स–साना बिद्यार्थीलाई समस्या परेको छ । बिद्यालयमा शिक्षक शिक्षिका गरि ५ जना र ४२ जना बिद्यार्थीहरुले पठनपाठन गर्दै आईरहेका छन । पहिरोकै कारण आज मंगलबार देखि ५ दिन सम्म बिद्यालयले सार्बजानिक बिदा गरेको छ । तर यो समस्याको समाधान होईन, फेरि पठनपाठनलाई निरन्तरता दिने सम्भावना पनि छैन । जनता प्राथमिक विद्यालय समस्याको चपेटो परेको छ । यसरी कतै बिकास गर्ने योजनाले बिद्यार्थीहरुकै भविष्य अन्यौलमा परेको छ । यो अपठयारो समस्याको समाधानको लागी सरोकारवालाको चाँडो भन्दा चाँडो ध्यान पुराई दिन अध्यक्ष छन्त्यालले आग्रह गरेका छन् ।
One Comment