Sorry, that menu does not exist.
 

आजको तस्वीर : तुरतुरेले रुवायो तुरुक्क !

बागलुङ २०७६ साउन २२ । केहि दिनको अबिरल वर्षाका कारण बडीगाड खोलामा आएको बाढीले तुरतुरेतालमात्र फुटाएन ताल आसपासको दुईसय मिटर लोकमार्ग क्षतविक्षत तुल्यायो । अहिले त्यसदेखी बुर्तिवाङ, निसीखोला हुँदै रुकुम सम्म सवारी यातायात ठप्प छ । निसीभूजी क्षेत्रका जनता सास्तीमा छन् । खाद्यान्न लगायतको मुल्य बृद्धि हुँदा स्थानीयहरु थप मारमा परेका छन् । तुरतुर देखी बुर्तिवाङ तिर सवारी साधनहरुको आवागमनको कुरा छोडौँ आम नागरिकहरुलाई समेत आवत जावत गर्न धौ भएको छ । पहिरो छिचोलेर वारपार गर्न निकै समय लाग्छ त्योपनि ज्यान हत्केलामा राखेर ।

यसैवीच हिँजो बिपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको टोलीले भिङगिठे साईडबाट तुरतुरे क्षेत्रको स्थलगत निरीक्षण अवलोकन गरेको छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीको टोली र बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाको टोली समेतको समुपस्थितिमा प्रजिअ क्षेत्रीको टोलीबीच फेसटूफेस कुराकानी (सरसल्लाह) हुन पाएन, पहिरो वारपार गर्न नसकेर । फोनमा सम्पर्क गरी सरसल्लाह हुँदा बडीगाड गाउपालिका ७ घोपर्नाबाट तुरतुरे बाटो जोडेर सात दिन भित्र सन्चालनमा ल्याउने टुंगो लागेको छ ।

चित्र : अर्जुन ढकाल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply