कोपीला कंडेल, बागलुङ २०७६ साउन २२ । बागलुङका एक मृगौला पीडित ब्याक्तिले उपचारका लागि सहयोगको याचना गरेका छन् । बा.न.पा ४ गैराबारी निबासी रेशम बहादुर विश्वकर्माको दुबै मृगौलाले काम नगरेपछि सहयोगको लागि अपिल गरिएको हो ।
विश्वकर्मा समाजले रेशम बहादुर विश्वकर्मा जीवन बचाउ अभियानको शुरुवात गरेर आर्थिक संकलन कार्यलाई अगाडी बढाउने निर्णय भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
२०६७ सालमा दुबै मृगौलाले काम गर्न छाडेपछि रेशमको मृगौला प्रत्यारोपण गरिएको थियो । रेशमकी आफ्नै दिदी सुनिता विश्वकर्माको मृगौला प्रत्यारोपण गरेर डायलासिस गराउदै आएका रेशमको पुनं यसपटक फेरी समस्या बल्झीएको छ ।२०६६ सालमा मृगौला फेल भएपछि दिदीको मृगौला प्रत्यारोपण गरियो तर अहिले पुनं १० बर्ष पछि फेरी मृगौलाले काम गर्न छोडेकोले जीवन रक्षाको लागि सहयोगको माग गरेका छौ, पीडितका आफन्त कृष्ण विश्वकर्माले भने । उनंको मृगौला प्रत्यारोपण र डायलासिसका लागि हाल सम्म १ करोड बढि खर्च भैसकेको र अव जायजेथा सबै सकिएकाले देश तथा बिदेशमा रहेका नेपालीहरुबाट सहयोगको अपेक्षा गरिएको विश्वकर्माले बताउनुभयो । मृगौला प्रत्यारोपण पछिको १० बर्षे अवधीमा २ वटा घडेरी बेचेको र अन्य खर्च जुटाएर डायलासिस गराउदै आएका रेसमको अव भने कुनै उपाय नभएपछि आर्थिक अभियान संकलन शुरु गर्न लागेको विश्वकर्मा समाजकी टिका विश्वकर्माले बताए ।
यसपटक मृगौलाको खराबीले स्वास्थ्यमा समस्या आएपछि टिचिङ्ग अस्पताल काठमाण्डौ पुगेका रेसमलाई पुनं मृगौला प्रत्यारोपणको डाक्टरले सुझाव दिएका छन् उनले भने, यसकोलागि अत्यन्त महंङ्गो उपचार खर्च लाग्ने भएकाले सहयोगको याचना गरिएको हो । मृगौला प्रत्यारोपणका लागि तत्काल करिब २५ लाख रुपयाको अनुमान गरिएको पीडितका आफन्त कृष्ण विश्वकर्माको भनाई छ ।
पीडित रेशमकी पत्नी चन्द्रकली विश्वकर्माले मृगौला प्रत्यारोपण गर्न दिने बताईएको छ । कार्यक्रम विश्वकर्मा समाजका अध्यक्ष एबं रेसम बचाउन आर्थिक संकलन अभियानका संयोजक ओम बहादुर विश्वकर्माको अध्यक्षता र परशुराम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
One Comment