रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन २५ । बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्क तलको जंगलमा बागलुङ नगरपालिका सिगाना गमलकोटका ४५ वर्षिय मिथुन जीसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चिप्लेटी बसपार्कबाट तल जाँदै गरेका एक जनाले निजको शव देखेपछी प्रहरीलाई खबर गरेको र प्रहरील् घटनास्थलमा गएर हेर्दा केहि दिन पहिलेनै मृत्यु भएर शव कुहिन थालेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
मृतक मिथुनका परिवार भारतको सिलंगबाट घर फर्किएको स्थानीले बताएका छन् । मृतक मिथुनका तीन भाई मध्य एक भाई सवारी दुर्घटनामा परेर मृत्यु भएको र मृतक र अर्को भाई दुबैको मानसिक अवस्था राम्रो नभएको श्रोतले बतायो ।
उता हिँजो बिहान गल्कोट नगरपालिका-३ हटियामा सन्चालन हुन लागेको कामना बैँकमा गार्डमा छानिएका गल्कोट नगरपालिका ७ मल्मका ४२ वर्षिय गोपाल दर्जीको दरमखोला र गौदीखोला दोभानमा शव भेटिएको घटनालाईलाई मृतकका परिबारले बैँकले क्षतीपुर्ती दिनु पर्ने माग गदैँ हिँजो मृतकको शव बुझेनन् । निज दर्जीको शव गल्कोट प्राथमिक स्वास्थ्यकेन्द्र हरिचौरमै रहेको बताईएको छ । मृतक दर्जीले घरमा फोन गरेर बैँकका प्रवन्धकसंग विवाद भएको कुरा बताएको परिवारजनकाे भनाइ छ । बैँकमा जडान गरिएको सीसीटीभी फुटेजमा निज दर्जी बिहान साढे ४ बजेको समयमा कोठाबाट निस्किएको देखिएको श्रोतले बतायो । मृतक यस पूर्व नेपाल बैँकको गार्ड रहेको र मानसिक अवस्था राम्रो नभएका कारण बैँकले हटाएको स्थानीयले बताएका छन् ।
One Comment