प्रकाश छन्त्याल, बरेङ २०७६ साउन २५ । सामुदायिक बन उपभोक्ता महासंघ नेपालको १४ औ बन उपभोक्ता दिवसको अवसरमा बरेङ गाउँपालिका स्थानीय बन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको बनको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम शनिबार बरेङ गाउँपालिकाको कार्यलय हुग्दिशिर सुदालामा सम्पन्न गरेको छ ।
कार्यक्रम प्रमुख अतिथी सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य तथा काठेखोला गाउँपालिका वडा न ४ का अध्यक्ष प्रेम लामिछानेले गमलामा लगएको बिरुवामा पानी हाली दद्घाटन गरेका थिए ।
कार्यक्रममा स्थानीय सामुदायिक बन उपभोक्ता महासङ बरेङ गाउँपालिकाका अध्यक्ष टोम नाथ शर्माले सरकारले लगाएको अत्याधिक कर हटाइनु पर्ने भन्दै स्थानीय सरकारलाई दिने बिज्ञप्ती पढेर सुनाएका थिए।
बिज्ञप्तीमा सामुदायिक बन उपभोक्ता समूहहरुले आफ्नो सम्पुर्ण आम्दानीको २५ प्रतिशत बन बिकाश ,३५ प्रतिशत गरिब बिपन्न बर्गको जिबिकोपार्जन र ४० प्रतिशत सामाजिक बिकाशमा खर्च गर्दै आईरहेको अवस्थामा तेहरो कर लगाउने सरकारको नीतिको बिरोध गर्दै सामुदायिक बनमा हालसम्म लगाइदै आएको बन पैदावर शुल्क र नयाँ प्रस्ताव गरिएको सबै बन पैदावर शुल्क हटाइनु पर्ने ,समूहले ब्यापारीक प्रयोजनका लागी समुह बाहिर बिक्रि गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम बन पैदावर शुल्कको रूपमा संघीय बिभाज्री कोषमा जम्मा हुने ब्यावस्था गरि रकम संघ ,प्रदेश र स्थानीय तहल.े अन्तर सरकारी बित्त ब्याबस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको ब्याबस्थापन गर्ने जस्ता हक अधिकारको जोरदार माग गरिएको छ ।
कार्यक्रममा सिग्दी घरवासका दानबहादुर पुन,समाजसेबि तुलसी राम पौडेल ,यम बहादुर खत्री ,वडा न ३ का वडा सदस्य पृथ बहादुर पुन, बाताकाचौर सामुदायिक बन उपभोक्ता समितिका सह्सचिव सुर्य सुवेदी,शिक्षक इन्द्र बहादुर वर्मा,गोइम सामुदायिक बनका सचीव लिल बहादुर थापा, खोलाखर्क सामुदायिक बन उपभोक्ताका सचिव सन्त बहदुर शिरीष , बरेङ इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक दान बहादुर खत्री ,धनपति शर्मा , शिक्षक धनिस्वर पौडेल , शिक्षक मदन कार्की,सर्बोदय माबिका प्रधानाध्यापक ठगराज शर्मा, वडा न ५ का वडा अध्यक्ष अमर बहादुर शेरपुर्जा, वडा न ३ का वडा अध्यक्ष पुर्ण खनाल ,महिला जनप्रतिनिधि दुर्गा थापा,भृकुटी माबिका प्रधानाध्यापक रुप नारायण शर्मा ,पुरुष सोदय माबिका प्रधानाध्यापक मन बहादुर शिरीष लगायतले बनको अवसर र चुनौती अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको बारेमा प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य प्रेम लामिछाने र सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला बागलुङका सचिव मुना थापा मगरले प्रष्टाएका थिए । कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता महासङ नेपाल बरेङ गाउँ पालिका स्थानीय महासंघका अध्यक्ष टोम नाथ शर्माको अध्यक्षता, शिक्षक गम बहादुर थापाको स्वागत र सचिव प्रेम प्रसाद साप्कोटाको सन्चालन्मा सम्पन्न भएको थियो ।
७० जनाको सहभागी