भरत सापकोटा, जापान २०७६ साउन २६ । “यत्र नारीणां पूज्यन्ते रमन्ते तत्र देवता”तीजको पहिचान नारीहरूको सम्मान भन्ने महान उदेश्यका साथ बिहुँकोट समाज जापानले अगष्ट २९ तारिखमा ओसाका र सेप्टेम्बर २ तारिखमा टोकियोमा “तीज धमाका २०७६ सभ्य र भब्य रूपमा मनाउदै छ ।
बिगत बर्षहरूमा भन्दा यो बर्षको तीज कार्यक्रम पृथक र बिशाल हुने कुरा कार्यक्रमका संयोजक गोपाल शर्मा अशोकले जानकारी दिए । लामो पृष्ठ भूमि फराकिलो धरातल बनाउँदै गएको बिहुँकोट समाज जापानले बिहुँकोटमा मात्र नभएर नेपालभरका हरेक क्षेत्रमा पर्न आउने अकल्पनीय घटना दैवी प्रकोपमा परेका पीडितहरूलाई पनि सहयोग गर्दै आई रहेको छ । नेपालमा एक करोडको परोपकारी अक्षयकोष स्थापना गरि अक्षयकोषको बार्षिक ब्याजबाट समाजमा देखिएका बिभिन्न समस्याहरू समाधान गरि रहेको बिहुँकोट समाज जापान ,बिहुँकोटबासीको मात्र नभई जापानमा रहेका नेपालीहरूको नजरमा लोकप्रिय र चर्चित बन्न पुगेको छ ।
बिहुँबाट बिभिन्न भिसामा जापानमा भित्रिएका बिहुँकोटेहरूको संख्या करिब तीन हजार पाँच सयको हारहारीमा रहेको कुरा बिहुँकोट समाज जापानका सचिब शिबलाल कँडेलले जानकारी दिए । रोजगारीको शिल शिलशिलामा जापानमा पुगेका बिहुँकोटेहरूका ब्यक्तिगत समस्या त छदैछन तरपनि आ आफ्ना ब्यक्तिगत समस्याको समाधान गर्दै जन्मभूमिलाई स्वर्ग बनाउँ बिश्वमा रहेका बिहुँकोटबासी गोलबद्ध बनौ भन्ने महान उद्देश्यकासाथ गठन गरिएको बिहुँकोट समाज जापानले स्वदेश र बिदेशमा सामाजिक क्षेत्र एबं अकल्पनीय घटना जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गरिब छात्रछात्राहरूलाई कापिकलम उपलब्ध समेत गराएको छ देशको बिग्रदो परिस्थितिका कारण बसाई सराईले जन्मभूमि रित्तिदै गएको अबस्थालाई मध्य नजर गर्दै बिहुँकोट समाज जापानले चिन्ता ब्यक्त गरेको छ । “जहाँ समस्या त्यहाँ बिहुँकोट समाज जापान “भन्ने नारालाई चरितार्थ गर्दै अहिले सम्म करिब ६ करोड बराबरको काम बिहुँकोट समाज जापानले गरेको कुरा संस्थाका कोषाध्यक्ष दीपक प्रसाद कँडेलको भनाई छ ।
्
बिगत बर्षहरूमा भन्दा पृथक र बिशाल हुने यस तीज कार्यक्रममा बिभिन्न श्रेणि बिभाजन गरि आर्थिक संकलन अभियान शुरू गरिएको कुरा आर्थिक संकलन समिति संयोजक रामु कँडेलले जानकारी गराए । समितिको अनुरोधलाई मध्य नजर गर्दै बिहुँकोट समाज जापानका धरोहर संस्थाका संरक्षक dipway Japan Co.ltd का संचालक दिपक सुबेदी यो कार्यक्रमका मुख्य प्रायोजक बनेका छन् भने उनको यो बिशाल भाबनाले यो कार्यक्रमलाई झन रौनकता थपिदिएको बिहुँकोट समाज जापानको कार्य समितिले महसूस गरेको छ ।
राष्ट्रीय कलाकार पशुपति शर्मा ,संझना भण्डारी ।सुर्य खड्का ,गणेश पौडेल , बिहुँले उत्पादन गरेका चर्चित कलाकार प्रकाश कँडेल ,निर्मल क्षेत्री लगायतका कलाकारहरूले जापानको टोकियो र ओसाकामा हुने तीज धमकामा नेपालीहरूलाई छमछम नचाएर मनोरन्जन दिलाउने भएका छन । यो सुनौलो अबसर नगुमाउन आआफ्नो क्षेत्रबाट खट्न आर्थिक सहयोग गर्न कार्यक्रमलाई सुझाब र सल्लाह दिन बिहुँकोट समाज जापानका संरक्षक सह संरक्षक कार्य समितिका सल्लाहकार बिभिन्न उप समिति जापानमा रहेका बिहुँकोटेहरू लगायत बिभिन्न सँघ संस्था एबं सम्पुर्ण नेपाली दाजुभाई दिदीूहिनिहरू एक जुट भएर लाग्न बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुबेदीले सम्बन्धित सबैमा बिनम्र अनुरोध गरेका छन् ।